+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो सन्तान जन्मिए रु.२० हजार पोषणभत्ता

तेस्रो सन्तान जन्मिए रु.२० हजार पोषणभत्ता
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

बट्टार । विदुर नगरपालिका-४ ले एकै श्रीमान्श्री-मतीबाट तेस्रो बच्चा जन्मिए रु.२० हजार पोषणभत्ता आगामी वर्षदेखि दिने भएको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा नै समावेश गरेरै एकै श्रीमान्श्री-मतीबाट तेस्रो सन्तान जन्मिए रु.२० हजार पोषणभत्ता उपलब्ध गराउने निर्णय नगरसभाबाट पारित भएको वडाध्यक्ष निलमबाबु ढुंगेलले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

पछिल्लो समयमा घट्दो जनसङ्ख्याको दरलाई वृद्धि गर्न, परिवारलाई सन्तानप्रति सकारात्मक प्रेरणा दिन तथा दीर्घकालीन रूपमा जनसङ्ख्याको सन्तुलन कायम राख्न यो नौलो कार्यक्रम ल्याएको वडाध्यक्ष ढुंगेलले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह