बट्टार । नुवाकोट जिल्ला, विदुर-४, बट्टारमा रहेको सुखदुःख बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायित्व पूरा गर्ने सन्दर्भमा स्थानीय युनाइटेड आधारभूत विद्यालयमा असार १५ गते हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रपत्र प्रदान गरिएको सहकारीका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।


सहकारीले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान र विद्यालयलाई आवश्यक ह्वाइट बोर्ड हस्तान्तरण गरेको थियो । अधिकांश विपन्न वर्गका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा संस्थाले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीको गुणस्तरीय शिक्षामा सघाउ पुग्ने शिक्षक रामप्रसाद चालिसेले सो अवसरमा बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित हुनुभएका विदुर-४ का अध्यक्ष निलमबाबु ढुंगेलले विद्यालयको तर्फबाट सहकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।






प्रतिक्रिया