+
Search

ताजा अपडेट +

पपुलर +

दाहाल प्रतिष्ठान नुवाकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न

दाहाल प्रतिष्ठान नुवाकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

देवीघाट । दाहाल प्रतिष्ठान नुवाकोटको अध्यक्षमा गोकुल दाहाल चयन हुनुभएको छ । प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन अघिल्लो शनिबार बेलकोटगढी-८, काशीटारमा सम्पन्न भएको थियो ।

Utsuk Books & Stationery

केन्द्रीय प्रतिनिधि कुमार दाहाल र विनोद दाहालको उपस्थितिमा भएको अधिवेशनले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको आजीवन सदस्य रामप्रसाद दाहालले जानकारी दिनुभयो । कार्यसमितिको उपाध्यक्षमा गोविन्द दाहाल (जिलिङ), सचिवमा उमेश दाहाल (दुईपिपल) र १० जना सदस्य तथा सल्लाहकार समितिका संयोजकमा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल एवम् सदस्यमा ‘नुवाकोट पुकार’ साप्ताहिकका सम्पादक शुकदेव दाहाल, टेकनाथ दाहाल र अर्जुन दाहाल चयन हुनुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह