+
Search

ताजा अपडेट +

पपुलर +

राखियो उत्तरगयाधाममा डस्टबिन

राखियो उत्तरगयाधाममा डस्टबिन
त्रिशूली प्रवाह
४७ मिनेट अगाडी

बेत्रावती । रसुवा र नुवाकोटको सिमाना तथा त्रिशूली र फलाखु नदीको संगमस्थल ऐतिहासिक, धार्मिक तथा पर्यटकीय उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउन शुक्रबार १० सेट डस्टबिन राखिएको छ ।

Utsuk Books & Stationery

डिभिजन वन कार्यालय रसुवा, उत्तरगया-५ को कार्यालय माझगाउँ र सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्यमा स्वच्छ, सफा, प्रदूषणमुक्त उत्तरगयाधाम, सभ्य नागरिकको पहिचान भन्ने मूल नाराका साथ स्थानीयवासीको उपस्थितिमा असार १९ गते डस्टबिन राखिएको छ । डस्टबिनमा राखिएको फोहोर विदुर नगरपालिकाले हप्ताको एकपटक उठाउने सहमति भएको उत्तरगया-५ का अध्यक्ष यमनाथ आचार्यले जानकारी दिनुभयो । उत्तरगयाधाम क्षेत्रको वातावरणीय स्वच्छता कायम राखी फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन डस्टबिन राखेपछि मद्दत पुग्ने अपेक्षा वन कार्यालयका प्रमुख शम्भु तामाङले गर्नुभएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उत्तरगयाधाम प्राकृतिक सौन्दर्य र पवित्रतालाई संरक्षण गर्न विदुर नगरपालिकाले सहयोग गरिरहेको विदुर-१० का अध्यक्ष गणेश नेपालले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह