विदुर । नुवाकोट जिल्ला विदुर-२ स्थित विदुरमा पितृ मोक्षधाम किरियापुत्री कल्याणकारी संस्थाले निर्माण गरेको भवन शनिबार उद्घाटन भएको छ । विदुरका नगरप्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गर्नुभएको भवनमा चार कोठा किरियापुत्रीका लागि पानीसहितको शौचालय निर्माण भएको छ ।


विसं २०७७ पुसमा विदुरका तत्कालीन नगरप्रमुख सञ्जु पण्डितले शिलान्यास गर्नुभएको भवन निर्माणका लागि स्थानीयवासी र सङ्घसंस्थाबाट रू.५५ लाख ७२ हजार दुई सय ९३ प्राप्त भएको संस्थाका अध्यक्ष दीपकबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । भवन निर्माणका लागि विदुर नगरपालिकाबाट आव २०७७/०७८ र २०७८/०७९ मा रू.१८ लाख ९० हजार दुई सय, बागमती प्रदेश सरकारबाट आव २०७७/०७८ मा रू.२८ लाख ८० हजार, पञ्चकन्या र शिवपुरी गाउँपालिकाबाट रू.एक-एक लाख, विभिन्न व्यक्ति र सङ्घ-संस्थाबाट रू.६ लाख तीन हजार ९३ नगद र जिन्सी (गिट्टी, बालुवा, चिप्स, ढुङ्गा, सिमेन्ट) सामान प्राप्त भएकोे थियो । भवन निर्माणमा आर्थिक सहयोग गर्ने सबै दाता र सङ्घसंस्थालाई सो कार्यक्रममा सम्मान गर्नुका साथै सहयोग गर्नेको नाम शिलापत्रमा राखिएको छ ।






प्रतिक्रिया