+
Search

ताजा अपडेट +

पपुलर +

ठाउँको ठाउँ पाँच व्यवसायी कारबाहीमा

ठाउँको ठाउँ पाँच व्यवसायी कारबाहीमा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धादिङबेँसी । धादिङ जिल्लाको राजमार्ग क्षेत्रका होटेलमा खाद्यान्नको गुणस्तर, मूल्य-सूची तथा सेवाप्रवाहका विषयमा सञ्चारमाध्यम र सेवाग्राहीबाट निरन्तर गुनासो आएपछि जिल्ला अनुगमन समितिले अनुगमन सुरू गरेको छ ।

Utsuk Books & Stationery

खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनुगमन समितिले पृथ्वी राजमार्गअन्तर्गत धादिङका होटेल तथा खाद्य व्यवसायमा बजार अनुगमन तीव्र पारेको छ । अनुगमनका क्रममा खाद्य मापदण्ड उल्लङ्घन गर्ने पाँच व्यवसायलाई कारबाही गर्दै रू.एक लाख १० हजार जरिवाना तिराएको छ । गजुरी-२, बिहानी पेट्रोल पम्पमा रहेको शुभलक्ष्मी होटेल एन्ड रेस्टुरेन्ट र मन्दिरा होटेल एन्ड रेस्टुरेन्टलाई जनही रू.२५ हजारका दरले जरिवाना गरिएको छ । त्यसैगरी, गल्छी-७ मा रहेको गल्छी खुवा पसल र थाक्रे-७ को दिव्यांशी होटेल एन्ड लजलाई रू.२५-२५ हजार जरिवाना गरिएको छ । धुनीबेँसी-७ मा रहेको थकाली भान्साघरलाई रू.१० हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्ग क्षेत्रका होटेलमा खाद्यान्नको गुणस्तर, मूल्य-सूची तथा सेवाप्रवाहका विषयमा विशेष अनुगमन सञ्चालन गरिरहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह