+
Search

ताजा अपडेट +

पपुलर +

सडक अवरोध खुलाउन सवारीसाधन र जनशक्ति तयारी अवस्थामा

सडक अवरोध खुलाउन सवारीसाधन र जनशक्ति तयारी अवस्थामा
त्रिशूली प्रवाह
४१ मिनेट अगाडी

धुन्चे । वर्षायाममा हुन सक्ने पासाङल्हामु राजमार्गको अवरोध खुलाउन रसुवामा एक्स्काभेटर, लोडर र उपकरणसहित जनशक्ति व्यवस्थापन गरिएको छ ।

Utsuk Books & Stationery

जिल्लाको मूलखर्क, ग्राङ, ठाँडे तथा खोपाङ, सानुभार्खु, याङयाङ क्षेत्रमा आउन सक्ने राजमार्ग पहिरोलाई मध्यनजर राखी राजमार्ग निरन्तर खुला राख्न जिल्ला विपत् व्यवस्थापन समितिको आग्रहमा सडक डिभिजन कार्यालय नुवाकोटले धुन्चेमा एक एक्स्काभेटर र कालिका– १ ग्राङमा एक लोडर र जनशक्ति तयारी अवस्थामा राखिएको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिनुभयो । नेपाल–चीनबिचको प्रमुख व्यापारी नाका रसुवागढी पुग्ने र नेपालबाट चीन घुम्ने पर्यटक एवम् मानसरोवर कैलाश जाने यात्राको प्रमुख सडक पासाङल्हामु राजमार्ग अहोरात्र सञ्चालन गराउन सवारीसाधनसहित जनशक्ति र उपकरणको व्यवस्थापन गरिएको सडक कार्यालयका इन्जिजियर सुदीप कार्कीले जानकारी दिनुभयो । सडक विभागअन्तर्गतको यान्त्रिक कार्यालयका एक्स्काभेटर अप्रेटर दिनेश दाहालले कुनै पनि वेला राजमार्ग अवरुद्ध भएमा सूचना पाउनासाथ पहिरो गएको स्थल पुगी पहिरो पन्छाई सडक नियमित गराउने बताउनुभयो । साधन स्रोतले भ्याएसम्म रसुवाको सडक चालू हालतमा राख्न रातदिन नभनी काम गर्ने प्रतिबद्धता सडक डिभिजन कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माले गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह