+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

ठिटाठिटीका आन्दोलनको राप र तापले देशको सरकारदेखि सिस्टम परिवर्तन भयो भन्थे क्यारे । व्यवहाराँ त उही सम्झने, पानी छम्कने । आन्दोलनका बेलाँ पानी बाँड्नेदेखि सामाजिक सञ्जाल परिचालन गर्नेहरू अहिले शक्तिमा छन् क्यारे ! आन्दोलनमा होमिएका, ज्यान गुमाएका परिवारको बिचल्ली हुनु त सतीले सरापेको देशमा हुने नै भो क्यारे ! गत भदौमा न्वाँकोटतिर काङ्ग्रेस, कम्युनिस्टका काज्र्यालय र चार दशकदेखिका सदाबहार नेता ठुलाकाजीका भौतिक सम्पत्ति तोडफोड भएनि जनताको क्षति भएन क्यारे ! फागुन २१ को निर्वाचनपछि पाखा लागेका चारतारे र हँसियाहतौडाको अझै पनि जिल्लाका स्थानीय सरकाराँ रजगज कायमै छ क्यारे ! नौमहिने काज्र्यकाल बाँकी रहेका सदरमुकामको पालिकाका मेयर, डेपुटी मेयर र केही थान वडाध्यक्ष भने त्रिशूलीतर बरालिएर गमलाँ बिरुवा सार्दै फोटो सेसन गरेको पनि हेर्नुप¥यो क्यारे ! घन्टीमय भएनि विदुरका अढाई दर्जन स्कुलाँ अध्यक्ष भागबन्डा गर्दा रूख, घामताराबाहेकलाई निषेध गरेसि घन्टी भन्नेहरू हिस्स छन् क्यारे ! जता काफल पाक्यो, उतै चरी नाच्यो सम्झाउँदै २०४६ देखि यताउता गर्दै पाटी चहार्नेहरूको कन्तबिजोग भा’को पनि तिनआँखाले हेर्नैप¥यो क्यारे ! बालेन सरकारले टिनिनिनीलाई निषेध गरेका यहाँका जनप्रतिनिधिलाई तक्मा दिए भने आसर्जे नमाने हुन्छ क्यारे ! स्कुलाँ अध्यक्ष नियुक्ति हुनेहरूको पनि साढे सातको खड्को रहेकाले चुरीफुरी दसैँसम्म पनि नटिक्ने गरी घन्टी बजाउने बात गर्दै छन् गजुरेल सरले ।

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह