+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंक धुन्चे शाखाद्वारा विद्यार्थीलाई ट्र्याकसुट वितरण

ग्लोबल आइएमई बैंक धुन्चे शाखाद्वारा विद्यार्थीलाई ट्र्याकसुट वितरण
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

धुन्चे । ग्लोबल आइएमई बैंक धुन्चे शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रसुवा जिल्ला, गोसाईँकुण्ड-६ भिमलीस्थित भीमली आधारभूत विद्यालयका विद्यार्थीलाई १५ सेट ट्र्याकसुट वितरण गरेको छ ।

Utsuk Books & Stationery

दुर्गम तथा हिमाली क्षेत्रका विपन्न एवम् जेहेनदार विद्यार्थीको मनोबल बढाउन र कक्षामा निरन्तर उपस्थित गराउने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको बैंकका शाखा प्रबन्धक विदुर अधिकारीले जानकारी दिनुभयो । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई न्यानो ट्र्याकसुट प्रदान गरिएको हो । सो अवसरमा विद्यालयका शिक्षक, स्थानीय अभिभावक र बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैंकको यस उदाहरणीय कार्यले विकट क्षेत्रका बालबालिकालाई नियमित विद्यालय आउन र उत्साहका साथ अध्ययन गर्न ठुलो मद्दत पुग्ने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभएको छ । ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा र बालबालिकाको शैक्षिक विकासका लागि सरकारी तथा निजी क्षेत्रको सहयोगले थप टेवा पुग्ने अभिभावक ग्याल्वो तामाङले अपेक्षा गर्नुभएको छ । बैंकको देशभर तीन सय ४२ वटा शाखा, तीन सय ६८ एटिएम काउन्टर, एक सय ४७ शाखारहित कारोबार, तीनवटा देश अस्ट्रेलिया, कोरिया र भारतमा सम्पर्क कार्यालय रहेको शाखा प्रबन्धक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह