धुन्चे । वैदेशिक रोजगार बिमाअन्तर्गत एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बिमितका परिवारलाई रु १३ लाख दाबी भुक्तानी गरेको छ ।

रसुवा जिल्ला, उत्तरगया-२ निवासी कुलबहादुर तामाङले सन् २०२४ डिसेम्बर ३१ मा वैदेशिक रोजगार बिमाअन्तर्गत रु. तीन हजार सात सय आठ बिमाशुल्क तिरेर बिमा गर्नुभएको थियो । वैदेशिक रोजगारीका लागि विदेश गएको केही समयपछि उहाँ बिरामी पर्नुभएको थियो । नेपाल फर्किएर उपचार गराउँदा उहाँलाई रक्त–क्यान्सर भएको पुष्टि भएको थियो । उपचारकै क्रममा सन् २०२६ अप्रिल २१ मा उहाँको निधन भएको थियो । उहाँकी श्रीमती रेनुका तामाङले दाबी भुक्तानीका लागि निवेदन दिएपछि कम्पनीले बिमा दाबी स्वीकृत गर्दै रु. १३ लाख भुक्तानी गरेको हो । गत हप्ता इन्स्योरेन्सका नुवाकोट शाखा प्रबन्धक मुकुन्द कोइरालाले रेनुकालाई रु.१३ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बिमाले जोखिम बहन गर्नुका साथै बचतको अवसर पनि प्रदान गर्ने भएकाले सबैले आफ्नो आवश्यकताअनुसार बिमा गर्नुपर्नेमा शाखा प्रबन्धक कोइरालाले जोड दिनुभयो ।






प्रतिक्रिया