+
Search

ताजा अपडेट +

पपुलर +

रोपाईं गर्दागर्दै पहिरोले खेत बग्यो

सात जना किसान घाइते, एकको अवस्था गम्भीर

रोपाईं गर्दागर्दै पहिरोले खेत बग्यो
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

चारघरे । नुवाकोट जिल्ला, विदुर नगरपालिका-१२, भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् ।

Utsuk Books & Stationery

स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासी ठूलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ । उहाँलाई करिब सात-आठ सय मिटर तल जङ्गलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघरे उपस्वास्थ्यचौकीमा उपचार गरिएको थियो । माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ । पहिरोले करिब सात रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह