+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइनको नवीकरण खुलाउन माग

अनलाइनको नवीकरण खुलाउन माग
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

हेटौँडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारअन्तर्गत सञ्चार रजिस्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइन सञ्चारमाध्यम र तिनमा कार्यरत पत्रकारको परिचयपत्र नवीकरण रोकिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Utsuk Books & Stationery

महासङ्घले गत मङ्गलबार विज्ञप्ति जारी गर्दै नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु हुन लाग्दा पनि अनलाइन सञ्चारमाध्यमको नवीकरण अन्योलमा रहेकाले तत्काल नवीकरणको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासङ्घका प्रदेश अध्यक्ष कृष्ण सारूमगरद्वारा जारी विज्ञप्तिमा सञ्चार रजिस्ट्रारको कार्यालयमा दर्ता भएका तीन सय २७ अनलाइन सञ्चारमाध्यम र ती संस्थामा कार्यरत पत्रकारको प्रेस पास नवीकरणका लागि आवश्यक वातावरण बनाउन सङ्घीय सञ्चार तथा सूचना मन्त्रालय, बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा सञ्चार रजिस्ट्रारको कार्यालयको ध्यानाकर्षण गराइएको उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह