+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

आत्मदाह र आत्महत्या बढेनि राजनीतिक नेतृत्वलाई चाइन्जो छु मतलब ! यति नै वेला न्वाँकोटका बहादुरले चाइन्जो बैंकसँग मिलेर करोडौँको सम्पत्ति कौडीका भाउमा पो उछिट्याएछन् गाँठे ! सेयरधनीलाई मुनाफामा चार वर्षदेखि ट्वाँ पार्दै सञ्चालक र कर्मचारी पोस्दै आएको ज्योति विकास बैंकले सुटुक्क फिल्मी शैलीमा उमामाया र च्याउँकीको घरजग्गा मान्यज्यूका नाममा पास गरिदिएसि घरजग्गा रोक्का राखेर बैना ठोकेकी सरिता कार्की म्यामको उठीवास कसरी हेर्नु गाँठे ! बैंक र मान्यज्यूको योजना सार्वजनिक गर्दै कार्कीले गलत बाटो रोजिन् भने बैंकका कर्मचारी, मुख्यमन्तरी त लफडाँ पो पर्ने भए त चाइन्जो ! व्यापारी र ठेकेदार राजनीतिमा प्रवेश गरेसि चाइन्जो हुने नै यस्तो हो नि । संसद्को दोस्रो दलका सहमहामन्त्री नै सेटिङमा धनोपार्जनमा लागेसि चाइन्जो न्यायनिसाफका लागि गोर्खा जानुपर्ने नै भएको हो त । पटक-पटक पैसाले जनमत उलटपुलट भइरहने क्षेत्र नम्बर २ यसपटक ठेक्दारको र नदी, खोला दोहन गर्नेको पैसा नबिकेसि चाइन्जो घन्टी बज्यो त । अरू कुरा बालेन सरकारले नै जानून्, हाम क्या जानम् !

Utsuk Books & Stationery

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह