+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाका सडकमार्गमा राति सवारी सञ्चालन बन्द

रसुवाका सडकमार्गमा राति सवारी सञ्चालन बन्द
ज्ञानेन्द्र न्यौपाने
१ घण्टा अगाडी

धुन्चे । जिल्ला प्रशासन कार्यालय रसुवाले लगातारको वर्षा र पहिराको जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी खण्ड तथा ग्राङ-धुन्चे खण्डस्थित पासाङल्हामु राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारद्वारा जारी विज्ञप्तिअनुसार साँझ ७ देखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारीसाधनको आवतजावत अस्थायी रूपमा बन्द गरिएको हो ।

Utsuk Books & Stationery

कार्यालयले यात्रु तथा सवारीचालकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचना पालना गर्न तथा सम्भावित विपत्बाट सुरक्षित रहन आग्रह गरेको छ । आव २०८२/०८३ को असार मसान्तसम्म २५ हजार सात सय दुईजनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । कार्यालयका अनुसार थप तीन हजार एक सय ८९ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइसकेको छ । प्रमुख जिल्ला अधिकारी परियारका अनुसार गत आर्थिक वर्षभर एक हजार तीन सय ७८ जनालाई नयाँ नेपाली नागरिकता तथा एक हजार दुई सय ८० जनालाई नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको छ । राहदानी सेवातर्फ पनि कार्यालयले उल्लेखनीय प्रगति गरेको छ । गत आवमा एक हजार चार सय पाँचलाई राहदानी जारी र एक हजार तीन सय ६७ जनाको नयाँ राहदानीका लागि विवरण सङ्कलन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने