+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री गुरूङद्वारा रसुवागढीको अवलोकन

गृहमन्त्री गुरूङद्वारा रसुवागढीको अवलोकन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमनका लागि स्थलमार्ग हुँदै शनिबार रसुवा आउनुभएका गृहमन्त्री सुदन गुरुङ रसुवागढी नाका, रसुवा भन्सार यार्डको स्थलगत निरीक्षण गरी आइतबार फर्कनुभएको छ ।

Utsuk Books & Stationery

गृहमन्त्री गुरुङले रसुवागढी नाका तथा रसुवा भन्सार यार्डको स्थलगत निरीक्षण गर्दै पछिल्लो समय भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न घटनाका कारण प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो । निरीक्षणका क्रममा उहाँले चीनबाट ल्याइएको इभी गाडी चालकसहित भोटेकोशी नदीमा खसेकोबारे सुरक्षा, उद्धार तथा खोजी कार्यको प्रगतिबारे सम्बन्धित निकायसँग जानकारी लिँदै घटनाको वास्तविक अवस्था पत्ता नलागेसम्म खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन र आवश्यक स्रोत-साधनको प्रभावकारी परिचालन गर्न उहाँले निर्देशन दिनुभएको छ । उहाँले रसुवागढी नाका तथा रसुवा भन्सार यार्ड क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा तथा व्यवस्थापनमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । जिल्लामा पछिल्लो समय भएका प्राकृतिक विपत् तथा दुर्घटनाका घटनालाई मध्यनजर गर्दै गृहमन्त्रीको स्थलगत निरीक्षण तथा सम्बन्धित निकायलाई दिइएको निर्देशन कार्यान्वयन हुने अपेक्षा रसुवावासीले गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह