+
Search

ताजा अपडेट +

पपुलर +

अतिरिक्त हुलाक कर्मचारी संरक्षण मञ्चले सञ्चारमन्त्रीलाई घेर्ने

७७ वटै जिल्लाका हुलाकी सोमबार नुवाकोटमा

अतिरिक्त हुलाक कर्मचारी संरक्षण मञ्चले सञ्चारमन्त्रीलाई घेर्ने
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । नेपाल अतिरिक्त हुलाक कर्मचारी संरक्षण मञ्चले भोली सोमबार सूचता तथा सञ्चारमन्त्री डा.विक्रम तिमल्सिनासँग ७७ वटै जिल्लामा कार्यरत अतिरिक्त हुलाक कर्मचारीले नुवाकोटमा भेट्ने भएका छन् । हुलाकीले अन्य कर्मचारीसँग सेवा, सुविधा नपाएकोले मन्त्री तिमल्सिनासँग भेटेर उचित पारिश्रमिक, समान सेवा-सुविधा र स्थायी व्यवस्था गर्नका लागि सहजीकरण गरीदिन अनुरोध गर्ने मञ्चका जिल्ला अध्यक्ष रामराजा पाण्डेले जानकारी दिनुभयो । यही साउन २० गतेदेखि शान्तिपूर्ण आन्दोलन, सङ्घर्ष तथा आमरण अनशन कार्यक्रम सञ्चालन गर्ने तयारी समेत मञ्चले गरिरहेको छ ।

Utsuk Books & Stationery

हुलाक सेवामा कार्यरत नुवाकोटका कर्मचारीको मंगलबार भएको भेलाले नेपाल अतिरिक्त हुलाक कर्मचारी संरक्षण मञ्च जिल्ला कार्यसमिति गठन गरेको थियो । सात सदस्यीय मञ्चको कार्यसमितिको अध्यक्षमा रामराजा पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । समितिको कोषाध्यक्षमा हिरादेवी पौडेल, सचिवमा कुलबहादुर तामाङ र सदस्यमा ईश्वरी घले, वासु थापा, कुमारबहादुर ढुङ्गाना, रत्ननारायण श्रेष्ठ रहनुभएको छ । अतिरिक्त हुलाक कर्मचारीले गर्ने काम थपिएको, पारिश्रमिक नथपिएको विषयमा भेलामा विस्तृत छलफल गरी सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । जिल्लाका ३६ स्थानमा ७२ अतिरिक्त हुलाक कर्मचारी न्यून पारिश्रमिकमा कम गरिरहेका छन् । सरकारले कुरियर्स सेवा थप गरेर घरघरमा राहदानी, राष्ट्रिय परिचयपत्र कार्ड, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पुर्याउने जिम्मेवारी थप गरेको भए पनि पारिश्रमिक भने रू.आठ हजार तीन सय १० मात्र पाइरहेका छन् । सरकारले दिने पारिश्रमिकले अतिरिक्त हुलाक कर्मचारीलाई आवतजावत भाडा खर्च नपुग्ने गुनासो मञ्चका अध्यक्ष पाण्डेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकसँग कुराकानीको क्रममा गर्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह