+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा सङ्घको पुँजीगत खर्च कमजोर

राजस्व आम्दानी रू. २६ करोड

नुवाकोटमा सङ्घको पुँजीगत खर्च कमजोर
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्लाले गत आव.२०८२/०८३ मा सङ्घ सरकारबाट प्राप्त पुँजीगत बजेटमध्ये ३९ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ । गत वर्ष रू.चार अर्ब ५० करोड ९० लाख ९४ हजार पुँजीगत बजेट विनियोजन भएकोमा असार मसान्तसम्म रू.एक अर्ब ७६ करोड ७१ लाख ९० हजार ६ सय २५ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

Utsuk Books & Stationery

अघिल्लो आव.२०८१/०८२ मा भने जिल्लामा प्राप्त पुँजीगत बजेटको ६० दशमलव ९६ प्रतिशत खर्च भएको छ । गत वर्षभन्दा अघिल्लो वर्ष जिल्लामा २१ दशमलव ७७ प्रतिशत बढी खर्च भएको छ । राजस्व आम्दानी भने अघिल्लो वर्षभन्दा गत वर्ष रू.६ करोड ६२ लाख ७५ हजार दुई सय ७७ बढी भएको कोलेनिकाको वित्तीय प्रगति विवरणमा उल्लेख छ । गत वर्ष राजस्व आम्दानी रू.२५ करोड ८० लाख १६ हजार एक सय ३६ र अघिल्लो वर्ष रू.१९ करोड १७ लाख ४० हजार आठ सय ५९ भएको थियो । चालू खर्चमा अघिल्लो आवमा ९६ दशमलव ८६ प्रतिशत भएकोमा गत वर्ष ७९ दशमलव २७ प्रतिशत मात्र भएको छ । जिल्लामा चालू खर्च गत वर्षभन्दा अघिल्लो वर्ष १७ दशमलव ५९ प्रतिशत कम भएको छ । गत वर्षको चालू खर्च बजेट रू.तीन अर्ब ८९ करोड ६० लाख ५१ हजार चार सय ५१ विनियोजन भएकोमा रू.तीन अर्ब आठ करोड ८४ लाख ९२ हजार दुई सय ४४ खर्च भएको छ । अघिल्लो आवमा रू.तीन अर्ब ५१ करोड ५० लाख २८ हजार चार सय ४५ विनियोजनमध्ये रू.तीन अर्ब ४० करोड ४६ लाख ६० हजार ६ सय ५२ खर्च भएको छ । सङ्घबाट जिल्लाका स्थानीय तहमा वित्तीय हस्तान्तरण चालूतर्फ रू.चार अर्ब १८ करोड ७९ लाख ९४ हजार विनियोजन भएकोमा रू.तीन अर्ब ७४ करोड ७६ लाख १८ हजार सात सय ९७ मात्र खर्च हुँदा ८९ दशमलव ४८ प्रतिशत भएको छ । अघिल्लो आवमा चालूतर्फ रू.चार अर्ब ११ करोड २५ लाख ७२ हजार पाँच सय विनियोजित बजेटमध्ये रू.तीन अर्ब ६४ करोड १८ लाख ७३ हजार सात सय ८४ खर्च हुँदा ८८ दशमलव ५५ प्रतिशत रहेको छ । जिल्लाका १२ वटै पालिकाले गत वर्षभन्दा अघिल्लो वर्ष एक प्रतिशत खर्च बढाएका छन् ।

पालिकाले गत आवमा भन्दा अघिल्लो आवमा पुँजीगत खर्च बढाएका छन् । गत आवमा स्थानीय तहमा विनियोजित वित्तीय हस्तान्तरणअन्तर्गत पुँजीगत बजेट रू.चार अर्ब ७० करोड १३ लाख १४ हजार विनियोजन भएकोमा रू.तीन अर्ब ९८ करोड २२ लाख ५४ हजार खर्च भएको छ । खर्च प्रतिशत कुल विनियोजित बजेटको ८४ दशमलव ७१ प्रतिशत भएको छ । अघिल्लो आवमा रू.दुई अर्ब ६९ करोड ५१ लाख ३७ हजार विनियोजन भएकोमा रू.एक अर्ब ७७ करोड २४ लाख ५९ हजार खर्च भएको कोलेनिकाको वित्तीय प्रगति विवरणमा उल्लेख छ । सङ्घ सरकारबाट जिल्लाका १२ स्थानीय तह र २९ कार्यालयलाई चालू र पुँजीगत बजेट विनियोजन हुने गरेको छ । जिल्लाका ४१ कार्यालयमध्ये पुँजीगत खर्च सबैभन्दा बढी विनियोजित भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना र डिभिजन सडक कार्यालय रहेको छ । गत आवमा गल्छी सडकलाई विनियोजन भएको कुल बजेटको १९ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ । सो कार्यालयले रू.दुई अर्ब ५९ करोड ४० लाख २९ हजार विनियोजित बजेटमध्ये रू.५१ करोड ६५ लाख ४५ हजार चार सय ७० मात्र खर्च गरेको छ । अघिल्लो आवमा भने उक्त कार्यालयले कुल बजेटको ३३ दशमलव ३६ प्रतिशत खर्च गरेको थियो । सङ्घ सरकारबाट दोस्रो बढी पुँजीगत बजेट प्राप्त गर्ने सडक डिभिजन कार्यालयले गत वर्ष विनियोजित कुल बजेटको ६३ दशमलव १४ प्रतिशत खर्च गरेको छ । सो कार्यालयलाई गत वर्ष प्राप्त रू.एक अर्ब ६९ करोड ६८ लाख ६९ हजारमध्ये रू.एक अर्ब सात करोड १३ लाख २० हजार खर्च गरेको छ । कुल बजेटको ६३ दशमलव १४ प्रतिशत खर्च भएको छ ।

त्यसैगरी, सङ्घ सरकारले जिल्लाबाट राजस्व आम्दानी अघिल्लो आव.भन्दा गत आवमा रू.६ करोड ६२ लाख ७५ हजार दुई सय ७७ बढी गरेको छ । गत वर्ष राजस्वका विभिन्न शीर्षकबाट रू.२५ करोड ८० लाख १६ हजार एक सय ३६ र अघिल्लो आव.मा रू.१९ करोड १७ लाख ४० हजार आठ सय ५९ आम्दानी गरेको कोलेनिकाको वित्तीय प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह