+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

सुशासन, जवाफदेहिता र पारदर्शिताको मागसहित भएको केटाकेटीको रगत र खरानीका जगमा सत्तामा पुगेको बालेन सर्खारको कामकारबाहीबाट खुसी र सन्तुष्टि भएका मुन्छे भेट्टाउन चाइन्जो नेपालाँ सिलो नै खोज्नुपर्ने हो त ? सबैलाई पुराना दलको अवशेष मात्र देख्ने पर्धानमन्त्रीको कालो चस्माले ठक्कर र धक्का नदिएको चाइन्जो कुनै पनि क्षेत्र र व्यक्ति पोे नहुने भो त । गण्डकीले गाँजा उत्पादनलाई वैधता दिएसि शिवबुटीलाई पर्साद मान्ने श्याममण्डली सर्काे लाउन गण्डकी नै जानुपर्ने भो, हरे !
                                                            
न्वाँकोटसहित ७७ वटै जिल्लाका श्रमजीवी हुल्कारालाई आफ्नै निर्वाचन क्षेत्रमा बोलाएर छलफल गर्ने मिति दिएका गजलगोमन्त्रीले सोमबार ढाँट्नसम्म ढाँटेसि चाइन्जो बिचराहरूका चिठीपत्र अलपत्र पर्नसम्म पर्यो । थोरै तलबमा राहदानीपत्र, राष्ट्रिय परिचयपत्र, सवारी इजाजतपत्र घर्घरमा पुर्याउनुपर्नेकै आवाज नसुनेसि सुशासन त कुन चराको नाम होला डा. साब ? एकैखाले काम गर्ने कर्मचारीको वेतनमा विभेद गरेसि सङ्घर्ष र आमरण अनशन नबसेर चाइन्जो लबलेटर मात्र बाँड्दै हिँड्नु त ?
                                                                          
आन्दोलनमा पानी बाँडेकै भरमा मन्त्री पड्काएका गोरखाका गुरुङे ठिटाले गत हप्ता न्वाँकोटाँ चाइन्जो प्रहरी प्रशासनका सरहरूलाई कार्जेकर्ताका माझमा हुर्मत लिएसि खोला, नदी दोहन गर्नेहरूको बिचल्ली भाको हेर्नुपर्ने पो भो ! सधैं नदी, खोला बाबुबाजेको बिर्ता सम्झेर जनप्रतिनिधि र प्रशासनसँग साइनो गाँसी पत्तो बाँड्दै बालुवालाई हलुवा बनाएकाहरूको चुरीफुरी अन्त्य हुनै लागेको हो त सर्खार ? पुराना दल त्याग्दै घन्टी बजाउँदै रमाइरहेकाहरू गृहमन्त्रीको जिल्ला आगमन र कार्यालय प्रमुखलाई दिएको निर्देशनबाट गद्गद् भए कि भएनन्, विदुर, बट्टारतिरका चिया चौतारीमा गफिनेहरूका लागि राम्रै मसला पो बन्यो चाइन्जो !

Utsuk Books & Stationery

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह