+
Search

ताजा अपडेट +

पपुलर +

म्यागङका सूचना प्रविधि अधिकृत रू.एक लाख घुससहित पक्राउ

म्यागङका सूचना प्रविधि अधिकृत रू.एक लाख घुससहित पक्राउ
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

काठमाडौँ । नुवाकोट जिल्ला, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुससहित सोमबार काठमाडौँमा पक्राउ परेका छन् ।

Utsuk Books & Stationery

भुक्तानी भइसकेपश्चात् कमिसन किन नदिएको भनि बार्गेनिङमा घुस मागेको आरोपमा प्रमाणसहित पक्राउ परेका हुन् । सोही आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सूचना अधिकारीसमेत रहनुभएका तामाङलाई काठमाडौँ महानगरपालिका-१६, बालाजुबाट स्रोत नखुलेको थप रू.पाँच हजारसहित नियन्त्रणमा लिएको थियो । तामाङ पालिका स्थापनादेखि नै कार्यरत पुराना कर्मचारी हुनुहुन्छ । पालिकाका अध्यक्ष आशा तामाङका विश्वासिलो र अह्राएको काम नियम-कानुन नभनि गरिदिँदै आइरहनुभएको थियो । सोही पालिकामा वडा नं ३ देउराली घर भएका वीरेन्द्र लेखा अधिकृतको निर्देशनअनुसार असार मसान्तसम्म भुक्तानी भएको फर्मको विवरण लिएर कमिसन उठाउन साउन लागेसँगै काठमाडौँमै व्यस्त रहेका थिए । अख्तियारले वीरेन्द्रलाई पक्राउ गरेसँगै प्रमुख प्रशासकीय अधिकृत शिवनारायण कापर, लेखा अधिकृत बाबुलाल नेगीसहितलाई निगरानीमा राखेर पालिकाले आव.२०८२/०८३ को भुक्तानी कारोबारको विवरण झिकाएर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह