काठमाडौँ । नेपालको उदीयमान अनलाइन व्यापार प्लाटफर्म ‘सोफीड्रप’ ले आफ्नो ब्रान्ड एम्बेसडरमा चर्चित नायक तथा मोडल शेखर सुवेदीलाई नियुक्त गरेको छ । देशमा डिजिटल व्यापारलाई थप सहज, भरपर्दो र व्यवसायमैत्री बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुबेदीलाई जोडिएको कम्पनीले जनाएको छ ।


सोफीड्रपले साना-ठुला व्यवसायी र उपभोक्तालाई एउटै डिजिटल थलोमार्फत जोड्दै आएको छ । व्यवसायीले न्यूनतम शुल्कमा आफ्ना उत्पादन बिक्री गर्न सक्ने र उपभोक्ताले घरमै बसेर वा प्रत्यक्ष पसलमै पुगेर सामान खरिद गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न सात प्रकारका सदस्यता प्याकेज उपलब्ध गराइएको छ । अहिले न्यूनतम प्याकेजबाहेक अन्य सम्पूर्ण प्याकेजमा ५० प्रतिशत छुट दिइएको छ । प्रिमियम प्याकेजअन्तर्गत व्यवसायीले मासिक रु. ६ हजारमा दुई हजार पाँच सयभन्दा बढी प्रकारका सामान सूचीकृत गरी बिक्री गर्न सक्नेछन् । सामान बिक्रीपछि रकम प्राप्त गर्न ढिलाइ हुने व्यवसायीको वर्षौँदेखिको समस्यालाई अन्त्य गर्दै सोफीड्रपले सामान बिक्री हुनासाथ तत्काल (वास्तविक समय) व्यवसायीको खातामा रकम जम्मा हुने प्रविधि लागू गरेको छ । ड्यासबोर्डबाटै डिजिटल वालेट जोड्न सकिने सुविधा पनि छ ।
उपभोक्तालाई ‘रिवार्ड प्वाइन्ट’
बिक्री पारदर्शी र व्यवसायीको लागत कम हुने भएकाले यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो मूल्यका रूपमा पाउनेछन् । कम्पनीका अनुसार सामान बिक्री भएपछि २.५ प्रतिशत बजार व्यवस्थापन शुल्क र ०.५ प्रतिशत रकम उपभोक्ताको ‘रिवार्ड प्वाइन्ट’ का लागि छुट्याइनेछ । यो सङ्कलित प्वाइन्ट उपभोक्ताले पछि पुनः सामान खरिद गर्दा रकमका रूपमा प्रयोग गर्न सक्नेछन् । सोफीड्रपसँगको सहकार्यबारे बोल्दै नवनियुक्त ब्रान्ड एम्बेसडर सुवेदीले नेपाली डिजिटल व्यापारलाई नयाँ उचाइमा पुर्याउने अभियानमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । उपभोक्ता र व्यवसायीबिचको दूरी घटाउँदै विश्वासको वातावरण बनाउन र डिजिटल किनमेललाई आमनागरिकसम्म पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने सुवेदीले प्रतिबद्धता जनाउनुभयो ।






प्रतिक्रिया