+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढीमा पक्की पुल निर्माण गर्न नेपालको सहमति चीनले दुई वर्षमा तयार गर्ने

रसुवागढीमा पक्की पुल निर्माण गर्न नेपालको सहमति चीनले दुई वर्षमा तयार गर्ने
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । एक वर्षअघि बाढीले बगाएको रसुवागढीस्थित भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलाको नेपाल-चीन मितेरी पुल चीन सरकारले दुई वर्षमा निर्माण गर्ने भएको छ । नेपालले पुल निर्माणका लागि औपचारिक सहमति दिएसँगै चीनले पुल निर्माणका लागि आवश्यक प्रक्रिया थालेको जानकारी नेपाललाई दिएको छ ।

Utsuk Books & Stationery

विसं २०८२ असार २४ को बाढीले मितेरी पुल बगाएपछि चीनले जडान गरेको बेलिब्रिजबाट दुई देशबिच आवतजावत भइरहेको छ । रसुवागढीमा पुल निर्माणका लागि डिजाइनलगायत सबै काम चीनले अघि बढाउनेछ । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले पुल निर्माणको प्रक्रिया सुरु भएको जानकारी महावाणिज्य दूतावासलाई प्राप्त भएको बताउनुभयो । ‘चीनले पक्की पुल निर्माणका लागि प्रस्ताव पठाएको थियो, नेपाल सरकारका तर्फबाट सहमति दिइएको छ ।

नेपालले प्रदान गरेको सहमतिको औपचारिक जानकारी चीनको तिब्बत (सिजाङ) स्वायत्त क्षेत्रका अधिकारीलाई हस्तान्तरण भइसकेको छ,’ उहाँले भन्नुभयो । बाढीपछि चीनले नेपाल-चीन सीमामा जडान गरेको बेलिब्रिजसँगै गत पुस १७ देखि नेपाल र चीनबिच यात्रु तथा मालसामान बोकेका गाडीको आवतजावत नियमित भएको थियो । ‘बेलिब्रिजको आयु तीन वर्षको हुने रहेछ । चिनियाँ पक्षले अब दुई वर्षमा पक्की पुल तयार हुने जानकारी दिएको छ,’ निरौलाले भन्नुभयो । रसुवागढीमा गत वर्ष नाका अवरोध भएपछि मुस्ताङको कोरला नाका नियमित भएको थियो । हाल पनि उक्त नाका सञ्चालनमा छ । अहिले बर्खा मौसमका कारण पहिरोलगायतका कारण नेपाल र चीनबिचका अन्तर्राष्ट्रिय नाका तातोपानी, रसुवागढी, हिल्सा पूर्ण रूपमा भने सुचालु हुने छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह