+
Search

ताजा अपडेट +

पपुलर +

काङ्ग्रेस–कम्युनिष्टको सरकारले बनाएको त्रिशूलीको नयाँ पुल डेढ वर्षमै खाल्टो

काङ्ग्रेस–कम्युनिष्टको सरकारले बनाएको त्रिशूलीको नयाँ पुल डेढ वर्षमै खाल्टो
त्रिशूली प्रवाह
२ महिना अगाडी

त्रिशूलीबजार । उद्घाटन गरेको १५ महिनामै नुवाकोट जिल्लास्थित विदुर नगरपालिका–१ त्रिशूलीबजार–धोवीखोला जोड्ने पुलको पिच उप्केर खाल्टो भएर पुलको बिम निस्कँदा समेत सरोकारवाला निकाय बेखवर छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विसं २०८१ फागुन १६ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्नुभएको पुल मर्मत गर्नुपर्ने अवस्था आउँदासम्म नगरपालिका, डिभिजन सडक कार्यालयले चासो नदिँदा करोडौँ रूपैयाँमा निर्मित पुल खाल्टो बनेर बिम निस्केको हो । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) को सरकारले बनाएको पुल भएर होला गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको वलमा भएको निर्वाचनबाट दुई तिहाई नजिक अर्थात् १८२ सिट जितेर सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यान नदिएको स्थानीयवासीको गुनासो गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह