+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

प्रतिनिधिसभाका सभामुखले चाइन्जो श्याम चस्मा निषेध गरेसि त संसदाँ बालेन महाराजको उपस्थिति झन् कसरी पो होला खै ? क्रमभङ्गताका नाममा संसद्मै नआउने पर्धानमन्त्रीलाई लक्ष्य गरेर सभामुखले ल्याएको यस सूत्रले कार्यपालिका र विधानपालिका प्रमुखबिच भित्रभित्रै हुने भिडन्त मजाले हेर्न धीरेन्द्र सर्खारको जस्तो दुर्बिन काँ पाइएला हँ भन्दै उपभोक्ताले बजारमा सोधे आसर्जे नहोला ।
                                           +                                             +                                           +
साढे दुई दशकअघि ऐतिहासिक त्रिशूलीको बस्ती विकास गरी सुन्दर र व्यवस्थित गर्ने योजनाका योजनाकारले अर्काको जग्गा लिएर टहरो बनाउन थालेसि चाइन्जो अवैध समितिका अन्य पदाधिकारी तैँ चुप मै चुपमा बस्नुप¥यो । बस्ती विकास गर्न विनादर्ताको समितिले स्थानीय सिधासाधालाई ललाइफकाई, डरधम्की देखाई ३० प्रतिशत जग्गा लिएनि सँगैका ठुलाबडाको रौँ झार्न नसकेसि नरकपालिकालाई जिम्मा लगाई जग्गा पदाधिकारीका नाममा दामसाहीले राखेर वित्तीय संस्थामा धितो राख्दै ऋण लिएसि लिलामी हुने अवस्था पुग्दासमेत चाइन्जो त्रिशूलीवासी भने बेखबर भएको तिनआँखेले टुलुटुलु हेर्नुपर्यो । अझ पूर्वसमितिका कुनै पदाधिकारीले जनताको जग्गा धितो राखेर पैसा झिकी सन्तानलाई पाताल पु¥याएको र कुनैले गाडी किनेर सरर्र चढेको देख्दा पनि थाहा नपाउने साँघुवासी देख्दा टिठ मात्र लाग्यो चाइन्जो ।

Utsuk Books & Stationery

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह