+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरधामको सोमबारको भेटी रू.चार लाख

दुप्चेश्वरधामको सोमबारको भेटी रू.चार लाख
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

समुन्द्रटार । दुप्चेश्वर-५ स्थित नेपालको पशुपतिनाथको पर्यायको रूपमा परिचित दुप्चेश्वर मन्दिरमा साउन महिनाको अन्तिम सोमबार रू.चार लाख चार हजार एक सय २१ भेटी सङ्कलन भएको छ ।

Utsuk Books & Stationery

भक्तजनले चढाएको भेटी, दान, सहयोग गरी उक्त रकम सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो दिन क्युआरमार्फत रू.१५ हजार आठ सय ६, सन्ध्या आरतीमार्फत रू.दुई लाख नौ हजार तीन सय १० सहित मन्दिरमा चढाएको भेटी गणना गर्दा रू.चार लाख चार हजार एक सय २१ सङ्कलन भएको हो । मन्दिरमा प्रत्येक दिन बेलुका ५ बजे दुप्चेश्वर धामको भेटी गणना गरिन्छ ।

नुवाकोट जिल्लास्थित मन्दिरको वारि र पारि परिसरमा विगतदेखि व्यक्तिले उपभोग गरिरहेको दुई सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा मन्दिरले संरक्षण गर्ने गरी प्राप्त भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष एवम् दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकरबहादुर थापाले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । वडा नं ६ र ७ मा दुप्चेश्वर महादेव मन्दिरआसपासका सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गा उपयोगमा आएको छ । सो जग्गामा मन्दिरका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह