+
Search

ताजा अपडेट +

पपुलर +

अनुदानमा इलेक्ट्रिक कीटनाशक स्प्रे मेसिन वितरण

अनुदानमा इलेक्ट्रिक कीटनाशक स्प्रे मेसिन वितरण
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

दाङसिङ । तारकेश्वर गाउँपालिकाले वडा नम्बर २, ३ र ४ का कृषकलाई ५० प्रतिशत अनुदानमा इलेक्ट्रिक कीटनाशक स्प्रे मेसिन मंगलबार वितरण गरेको छ । पालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएर यन्त्र वितरण गर्नुभएको थियो ।

Utsuk Books & Stationery

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले यन्त्र प्राप्त गर्नुभएका कृषकले आफूले मात्रै प्रयोग नगरी आपसमा मिलेर सामूहिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो । हाते ट्रयाक्टरको अनुदान कार्यक्रम पनि तत्कालै सुरु गरिने उहाँले बताउनुभयो ।

बाली नाश गर्ने किरा, फट्याङ्ग्रा नियन्त्रणका लागि कीटनाशक विषादी सहज र सुरक्षित रूपमा छर्किन प्रयोग हुने आधुनिक प्रविधिको इलेक्ट्रिक कीटनाशक स्प्रे मेसिन नुवाकोटको सो गाउँपालिकाले सबै वडामार्फत आवेदन माग गरी वडाको छनोट सूचीका कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष शिव पनेरू, ३ का सूर्यमान श्रेष्ठ र ४ का हरिबहादुर पौडेल सहभागी हुनुभएको थियो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह