विदुर । समुदाय-प्रहरी साझेदारीको अवधारणाअनुरूप सवारी दुर्घटना न्यूनीकरण एवं जनचेतना अभिवृद्धि तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई दुरूत्साहन गर्ने उद्देश्यले बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले टोखा-छहरे सडकखण्डअन्तर्गत इलाका प्रहरी कार्यालय ढिकुरे परिसरमा लागू पदार्थ सेवन (लापसे) परीक्षण सम्पन्न भयो ।


परीक्षणमा टोखा-छहरे सडकखण्डमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहकका २७ जना सवारी साधनका चालकको लापसे परीक्षण गरिएको प्रहरी निरीक्षक (प्रनि) बिनोद ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट, त्रिशूली अस्पतालसँगको सहकार्यमा डा.राजेन्द्र लामा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले लापसेसहित चालकको सामान्य स्वास्थ्य परीक्षणअन्तर्गत सुगर, दृष्टि परीक्षण, रक्तचाप, पल्सरेट आदिको समेत चेकजाँच गरिएको थियो । लापसे परीक्षणमा सबै चालकको नकरात्मक परिणाम आएको जानकारी ट्राफिक प्रहरी कार्यालय विदुरले दिएको छ ।






प्रतिक्रिया