+
Search

ताजा अपडेट +

पपुलर +

बाहुनबेंसी–खरानीटार र छहरे–टोखा सडकखण्डमा राति सवारी आवागमन रोक

बाहुनबेंसी–खरानीटार र छहरे–टोखा सडकखण्डमा राति सवारी आवागमन रोक
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्लाको पूर्वी भेगमा जोड्ने मुख्य सडकमार्ग गंगटे–खरानीटार–समुन्द्रटार–गोल्फुभञ्ज्याङको बाहुनबेँसी–खरानीटार सडकखण्डमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत साउन २६ गतेदेखि अर्को सूचना जारी नभएसम्मको लागि राति सवारी आवागमन रोक लगाएको छ ।

Utsuk Books & Stationery

काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य सडकमार्गको रूपमा रहेको छहरे–टोखा सडकखण्ड पनि भदौ १ गते सोमबारदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेबाट बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । सो सडकमार्गको शिवपुरी–८, घट्टेखोला क्षेत्रमा वर्षाको कारण अचानक लेदोसहितको पहिरो र गेग्रान ल्याई सडक बारम्बार अवरोध हुने गरेकाले जोखिमपूर्ण अवस्थामा मानवीय क्षति कम गर्न र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन बाहेकका अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

त्यसैगरी, बाहुनबेँसी–खरानीटार सडकखण्डमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवत–जावतमा पूर्णरूपमा बन्द गरिएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो । भारी तथा अति भारी वर्षाको कारण अचानक पहिरो, बाढी र ग्रेगान ल्याई सडक अवरोध हुने गरेकोले सडकमा थप पहिरो खस्न सक्ने तथा यात्राको क्रममा जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुघर्टना न्यूनीकरणको लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । यात्रा गर्नुअघि मौसमका पूर्वानुमान, वर्षाको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह