+
Search

ताजा अपडेट +

पपुलर +

होटेल तथा पर्यटन व्यवसायीलाई अभिमुखीकरण

होटेल तथा पर्यटन व्यवसायीलाई अभिमुखीकरण
त्रिशूली प्रवाह
४४ मिनेट अगाडी

धुन्चे । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, धुन्चे, रसुवाको आयोजनामा होटेल तथा पर्यटन व्यवसायीका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । ‘अतिथि सत्कार, प्रचलित कानुन र समसामयिक विषय’मा केन्द्रित रही सञ्चालन गरिएको कार्यक्रममा स्थानीय होटेल तथा पर्यटन व्यवसायीको सहभागिता थियो ।

Utsuk Books & Stationery

रसुवा क्षेत्रको पर्यटन प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटकलाई गरिने अतिथि सत्कारको गुणस्तर सुधार, व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने प्रचलित कानुनी प्रावधान र वर्तमान समयमा देखापरेका समसामयिक चुनौती तथा अवसरबारे विस्तृत छलफल र अभिमुखीकरण गरिएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार र सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीको उपस्थिति रहेको सो कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यालय प्रमुख विन्ध्या कार्की, उद्योग वाणिज्य सङ्घ रसुवाका अध्यक्ष सुप्साङ तामाङ, चेम्बर अफ कमर्सका महासचिव प्रमोद तितुङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विशाल घले, तारागाउँ विकास समितिका पूर्वबोर्ड सदस्य पर्यटनविज्ञ शिवप्रसाद लामिछानेलगायतको उपस्थिति थियो । पर्यटन र व्यावसायिक क्षेत्रको विकासका सन्दर्भमा सरोकारवालाबिच भएको कार्यक्रममा बजार अनुगमन र व्यवसाय सञ्चालनका क्रममा ध्यान दिनुपर्ने कानुनी एवम् व्यावहारिक विषयमा सहायक प्रजिअ अधिकारीले र अन्तःशुल्क दर्ता तथा नवीकरणसम्बन्धी जानकारी कोलनिकाका प्रमुख कार्कीले दिनुभएको थियो । जनस्वास्थ्य र लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जिल्लाका पर्यटन व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह