+
Search

ताजा अपडेट +

पपुलर +

सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण

सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । सवारीसाधनमा आउने खराबी वा समयमा मर्मतसम्भार हुन नसक्दा र सवारीसाधन चलाउने चालकसमेत अस्वस्थ भई हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले मंगलबार बट्टारमा विद्यालयका सवारीसाधनको यान्त्रिक परीक्षण र सवारीचालकको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

जिल्ला ट्राफिक प्रहरी कार्यालयले विदुर–४, बट्टार बसपार्कमा यान्त्रिक कार्यालय नुवाकोट र जिल्ला त्रिशूली अस्पतालको सहकार्यमा नगरभित्र रहेका विद्यालयसँग समन्वय गरी सवारीसाधन (स्कुल बस/भ्यान) र सवारीसाधन हाँक्ने विद्यालयका सवारीचालक तथा अन्य सार्वजनिक सवारीको समेत यान्त्रिक परीक्षण र स्वास्थ्य परीक्षण गरेको हो ।

त्यसैगरी, ट्राफिक कार्यालयले नेरुडे मिर्मिरे लघुवित्त संस्था लि. शाखा कार्यालयको सहयोगमा विदुरको ८, ९ र १० मा सचेतनामूलक बोर्ड राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह