नुवाकोट । विकासको लागि प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रलगायत हरेक राजनीतिक परिवर्तनका आन्दोलनको साक्षीको रूपमा रहेको विदुरस्थित ऐतिहासिक पिपलको बोट बुधबार विनाश भएको छ ।


नुवाकोट जिल्लामा हुने हरेक पटकको राजनीतिक परिवर्तनको साक्षीको रूपमा रहेको विदुर–२ स्थित लोकतान्त्रिक चोकमा रहेको पिपल गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारका लागि नामेट भएको छ । विसं २०४६ को आन्दोलनदेखिको साक्षी र हरेक जिल्लास्तरीय सभा, सम्मेलन, कोणसभा, विरोध, आन्दोलन गर्ने स्थान मासिएकोमा नागरिक अगुवाले दुःखेसो गरेका छन् ।

बुधबारदेखि ऐतिहासिक पिपल र सँगैको देवी देवताको थान समेत हटाइएको छ । हरेकको गुनासो गर्ने, विरोध प्रदर्शन गर्ने स्थान मासिएकोले नगरपालिकाले सभा, सम्मेलन गर्ने स्थल बनाइदिन नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीले आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया