+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीका पूर्वनगरप्रमुखको निधन

बेलकोटगढीका पूर्वनगरप्रमुखको निधन
त्रिशूली प्रवाह
९ घण्टा अगाडी

विदुर । बेलकोटगढी नगरपालिकाका पूर्वनगरप्रमुख राजेन्द्ररमण खनालको आइतबार बिहान उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । नुवाकोट जिल्ला, बेलकोटगढी-१२, मदानपुरनिवासी खनालको लामो समयदेखि फोक्सोका समस्याका कारण उपचाररत रहँदा जनमैत्री अस्पताल बालाजुमा निधन भएको उहाँको परिवारले जनाएको छ । विद्यार्थीकालदेखि नै साम्यवादी राजनीतिमा सक्रिय नेकपा (एमाले) नुवाकोटका उपाध्यक्ष खनालको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

Utsuk Books & Stationery

६३ वर्षीय खनालका दुई छोरा र एक छोरी छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिकाका प्रमुखमा निर्वाचित खनाल विसं २०७९ को स्थानीय निर्वाचनमा सोही नगरपालिकाका नगरप्रमुखमा पराजित हुनुभएको थियो  । खनालको निधनप्रति नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्न सोमबार नगर र वडा कार्यालयसहित अतिआवश्यक सेवाबाहेकका सम्पूर्ण नगरभित्रका विद्यालय र कार्यालयमा सार्वजनिक बिदा दिएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह