+
Search

ताजा अपडेट +

पपुलर +

तामाङको परम्परागत पूजापाठ विधि सिकाइँदै

तामाङको परम्परागत पूजापाठ विधि सिकाइँदै
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र लाङ्टाङको क्याङजिङ गुम्बामा तामाङ समुदायको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष प्रशिक्षण सुरु भइरहेको छ । क्यान्जिङ र लाङ्टाङ दुवै क्षेत्रलाई समेटेर सञ्चालन गरिएको प्रशिक्षण गत साउन १४ गतेबाट सुरु भएको थियो । स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको प्रशिक्षण एक महिनासम्म सञ्चालन हुनेछ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गोसाईँकुण्ड-४ को आर्थिक सहयोगमा गत साउन १४ गतेबाट सुरु भएको प्रशिक्षणमा स्थानीय युवालाई मनी गाउने, मनी नाच नाच्ने तथा लामाले पूजाआजामा प्रयोग गर्ने परम्परागत ‘स्याल्से तोरमा’ बनाउने सिप सिकाइरहेको वडाध्यक्ष डिन्डुप तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संस्कार, परम्परा र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो, हाम्रो परम्परागत पूजापाठ र चाडपर्वमा बनाइने तोरमा बनाउने विधि र मनी नाच युवा पुस्तालाई सिकाउने उद्देश्य रहेको छ ।’ प्रशिक्षणमा मनी गाउन र नाच्नका लागि गुरु पेन्बाछिरिङदोर्जे लामा तथा तोरमा निर्माणका लागि ओम्जेतेन्जिन लामाले प्रशिक्षण दिइरहनुभएको छ । सांस्कृतिक परम्परा बचाउन र आधुनिक समयका चुनौतीसँग सामञ्जस्य कायम गर्न यो तालिम निकै उपयोगी हुने सहभागी तेम्पा तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह