+
Search

ताजा अपडेट +

पपुलर +

गुरू गोरखनाथको मुर्तिसहितको टोली गोसाईँकुण्ड प्रस्थान

गुरू गोरखनाथको मुर्तिसहितको टोली गोसाईँकुण्ड प्रस्थान
रसुवा, ८ भदौ । रसुवाको प्रसिद्ध पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लागिरहेको जनैपूर्णिमा मेलाको अवसरमा हरेक वर्ष गोरखबाबालाई गोसाइँकुण्डमा स्नान गराउन ल्याउने परम्परा अनुसार गोरखाबाट गोरखनाथ (
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे, रसुवा जिल्लाको प्रसिद्ध पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा हरेक वर्ष गोरखामा रहेको गोरखनाथको मुर्ति (पात्र) कुण्डमा स्नान गराउन ल्याउने प्रचलन रहेको छ । यस वर्ष पनि गोरखाबाट सुरक्षाकर्मीसहित दुईजना मुर्ति बोक्ने र अन्य सहयोगी बस रिजर्भ गरेर सोमबार धुन्चे आइपुगेका छन् । मुर्ति बोक्ने दुई जना नाङ्गो खुट्टाले पैदल यात्रामा सहभागी भएका छन् ।

Utsuk Books & Stationery

मङ्गलबार बिहान धुन्चेबाट गोरखनाथको झन्डा र बाजासहितको ५० जनाको टोली गोसार्इँकुण्ड प्रस्थान गरेको छ । गोरखादेखि आएका प्रहरीले सुरक्षा दिएर टोलीलाई कुण्ड पु¥याउने र मुर्ति स्नान, पूजापाठ र दर्शन गराएर जुन मार्गबाट आएको हो सोही मार्गहुँदै गोरखा फर्कने कार्यक्रम रहेको छ । परापूर्वकालदेखि चल्दै आएको ऐतिहासिक धार्मिक परम्पराअनुसार गुरू गोरखनाथको मुर्तिलाई गोसाइँकुण्डमा स्नान गराइन्छ । देवता यात्रा टोलीको आगमनले हिमाली जिल्ला रसुवा र पवित्र गोसाइँकुण्ड क्षेत्रमा जनैपूर्णिमा मेलाको धार्मिक रौनकता र उमङ्गलाई अझ थप उचाइमा पु¥याएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

काठमाडौँबाट सुरू भएको गोरखनाथको यात्रा टोलीको पहिलो बास सदरमुकाम धुन्चेमा भएको थियो । तालिकाअनुसार दोस्रो दिनको उकालो यात्रा तय गर्दै टोली मनमोहक पर्यटकीय एवं धार्मिकस्थल चन्दनबारी (सिङगोम्बा) मा बास बस्ने र यात्राको तेस्रो दिन टोली प्रसिद्ध गोसाइँकुण्ड पुग्ने छ, चौथों दिन बिहान विधिपूर्वक कुण्डमा मुर्तिलाई स्नान गराउने कार्यक्रम रहेको बताइएको छ । मुर्ति स्नान र पूजा गराउने समयमा गोसाइँकुण्डमा विशेष पूजाआजा, आराधना तथा विधिपूर्वक दर्शनका कार्यक्रम सम्पन्न गरिन्छ ।

धार्मिक विधिपूर्वक स्नान र दर्शनको मूल अनुष्ठान सकिएपछि यात्रा टोली सोही मार्गहुँदै पुनः काठमाडौँ फर्किने छ र पात्र देवतालाई आदरपूर्वक गोरखामा रहेको गोरखनाथको मन्दिरमा लगेर प्रतिस्थापन गरिने छ । हरेक वर्ष जनैपूर्णिमाको पावन अवसरमा देशका विभिन्न भाग तथा विदेशबाट समेत हजारौँ श्रद्धालु भक्तजन गोसाईँकुण्ड पुग्ने गर्दछन् । गुरू गोरखनाथको पात्र देवताको यो वार्षिक यात्रालाई गोसाईँकुण्ड मेलाको मुख्य धार्मिक आकर्षण, विशिष्ट पहिचान र पवित्र परम्पराका रूपमा लिइँदै आइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह