बट्टार । रसुवा जिल्लाको भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गतेको बाढी प्रभावित औषधि व्यवसायीलाई नेपाली औषधि व्यवसायी सङ्घ, काठमाडौँ र नुवाकोट शाखाले मंगलबार नगद सहयोग गरेका छन् । विदुर नगरपालिकासँग अनुमति लिएर जिल्ला शाखाले बाढी प्रभावित ६ औषधि व्यवसायीलाई रू.५५ हजार प्रदान गरेको जानकारी अध्यक्ष टलकमान श्रेष्ठले दिनुभयो । काठमाडौँ शाखाले रू.५० हजार र नुवाकोट शाखाले रू.पाँच हजार गरी रू.५५ हजार सङ्घको कार्यालय बट्टार, हावाघरमा विदुर-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले प्रदान गर्नुभएको थियो ।

सङ्घका नुवाकोट उपाध्यक्ष प्रेमकुमार सापकोटाले समीर फर्मा त्रिशूली रविदास श्रेष्ठ, इरिका फार्मेसी त्रिशूली किरण प्याकुरेल, मीनु फार्मेसी ढुङ्गे प्रतिमा गोले, एलट फर्मा देवीघाट रामचन्द्र खड्का, पूर्णिमा मेडिकल देवीघाट नवीन केसी, सुन्दरा मेडिकल वेत्रावती रवीन्द्र ठकुरीको बाढीबाट पूर्ण रूपमा क्षति पुगेको जानकारी दिनुभयो ।






प्रतिक्रिया