+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा-नुवाकोट पर्यटन समाज विपत् प्रभावित क्षेत्रमा

रसुवा-नुवाकोट पर्यटन समाज विपत् प्रभावित क्षेत्रमा
त्रिशूली प्रवाह
५ घण्टा अगाडी

धुन्चे । रसुवा-नुवाकोट पर्यटन समाज त्रिशूली बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा पुगेर खोज, उद्धार, राहत वितरणमा सहभागी भइरहेको छ । समाजले स्नेह केयर नेपाल, माउन्टेन हर्ट नेपाललगायत विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विपत् प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिरहेको छ ।

Utsuk Books & Stationery

समाजका अध्यक्ष बलराम न्यौपानेले दिएको जानकारीअनुसार पछिल्लो पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध रहेको अवस्थामा सञ्चार सम्पर्क सहज बनाउन रसुवास्थित कालिकास्थान र उत्तरगया गाउँपालिकाका विभिन्न वडामा घुम्ती जेनेरेटर सेवामार्फत मोबाइल चार्ज गर्ने सुविधा सञ्चालन गरिएको छ । सो सेवाबाट हालसम्म करिब सात सय घरधुरी निरन्तर लाभान्वित भइरहेका छन् । विपत्तिमा परी बेपत्ता तथा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि समाजले सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय र पहल गरिरहेको समाजका प्रतिनिधि गगन न्यौपानेले बताउनुभयो । विपत्को यस कठिन घडीमा प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि समाज निरन्तर सहयोग र सहकार्यमा जुटिरहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह