+
Search

ताजा अपडेट +

पपुलर +

कृषि बैंकको नगद, सुनचाँदी सुरक्षित बट्टारबाट सेवा सञ्चालनको तयारी

कृषि बैंकको नगद, सुनचाँदी सुरक्षित बट्टारबाट सेवा सञ्चालनको तयारी
त्रिशूली प्रवाह
५ घण्टा अगाडी

विदुर । गत भदौ १० गते बुधबार चीनको स्वशासित क्षेत्र तिब्बत भएर बग्ने भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएर आएको बाढीले नुवाकोटको विदुर–१ स्थित ढुङ्गेमा रहेको कृषि विकास बैंक शाखामा क्षति पुगे पनि सुनचाँदी र नगद भने सुरक्षित रहेको छ ।

Utsuk Books & Stationery

शाखा प्रबन्धक उपेन्द्र भट्टले दिएको जानकारीअनुसार लकर र भल्ट रहेको कोठा बाढीले नभत्काएकाले नगद र सुनचाँदी सुरक्षित रहेको छ । उक्त कोठा सुरक्षाकर्मीको सहयोगमा सोमबार फोरेर सुनचाँदी र नगद निकालिएको हो । निकाल्ने क्रममा केही नगद भिजेकोसमेत बैंकले जानकारी दिएको छ । बैंकको भवन नढले पनि तीनतले भवनको दुई तलामा बाढी पसेर क्षति पु¥याएको छ । बैंकको गाडी फिल्डमा जाने क्रममा विदुर– ७ सोलेबाट बाढीले उक्त दिन बगाएको थियो । बगाएको गाडी विदुर–७ तुप्चेको अक्करेमा भेटिएकोसमेत बताइएको छ । बैंकको भवन आधा बाढीले क्षति गरे पनि भवन ढलेको छैन । नगद र सुनचाँदी लगभग फेला परेको, केही कागजपत्र भेटिएको शाखा प्रबन्धक भट्टले बताउनुभयो । बैंकको अस्थायी शाखा बट्टारमा यसै हप्ताभित्र सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह