+
Search

ताजा अपडेट +

पपुलर +

अपराधी पक्रिइन्छ

अपराधी पक्रिइन्छ
बाबुराम अधिकारी
१ घण्टा अगाडी

चीनको तिब्बत क्षेत्रमा हिमचट्टान बज्रेर हिमनदीसँगै बगेको बाढीले टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीबजार, देवीघाटका सबै पावरहाउस र बजार बगाई दुई दिनसम्म सम्पर्कविहीन हुनुपर्यो । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले आफ्ना दक्षताले काठमाडौँदेखि बिजुलीको लाइन लगेर बिजुली बत्ती बाली सम्पर्क स्थापना गरिदिनुभयो । तर, बट्टारमा पानीको अझै अभाव छ ।

Utsuk Books & Stationery

सरकारले २४सै घण्टा हेलिकोप्टरबाट पीडितको सहायता गरिरहेको मौका छोपी यही भदौ १४ गते बिहानको खाना खाएर आफ्नै सुत्ने कोठामा ११ बजे आराम गरिरहेका बखत दुई डाँका आए र एकले मेरी श्रीमतीको कानको कानपासा कानै छिनाएर लग्यो । उनी दुखेर पीडाले कराएपछि अर्काचाहिँ मेरो गलाको सिक्री लिएर भाग्यो । छिमेकीले थाहा पाई ‘चोर आयो’ भनेर कराएपछि सबै जम्मा भए र पुलिसलाई खबर गरियो । दुई पुलिस अफिसर आए र डाँकाको खोजतलास गर्ने क्रममा छिमेकीको सिसिक्यामेरामा उनीहरू कुदिरहेको देखे । तिनले त्यो फोटो मलाई देखाए र मैले उनीहरूको पहिचान गरेँ । त्यसपछि प्रहरीले अभियुक्तको खोजतलास गर्दै छ, आशा छ, तिनलाई पक्रिइनेछ । यसैबिच बाढीबाट पीडितका लागि राहत बोकेर अमेरिकामा बसोबास गरेका मेरा छोराछोरी यहाँ आउँदै छन् । मेरी कान्छी छोरी राधा विडर पनि एक हप्तापछि आइपुग्दैछिन्, त्यसपछि जेठा छोरा रेशम र कान्छा छोरा राजेन्द्रराज अनि ठुली छोरी रुक्मिणी लम्साल पनि आउँदै छन् । हाम्रो ‘असहाय जेहेनदार तथा जनजातिका लागि शिक्षा’ नामक संस्थाले पनि मुलुकका बाढीपीडितलाई सक्दो सहयोग गर्नेछ । अनि हामीले सहयोग गरिरहेको शङ्खादेवी माविको दिन पनि एक वर्षअघि फर्कँदै छ भनी हामी ढुक्क भएर बसेका छौँ ।

विदुर–४ पुरानो पाटी, बट्टार

 

 

प्रतिक्रिया

लेखकको बारेमा

बाबुराम अधिकारी