+
Search

ताजा अपडेट +

पपुलर +

नमस्ते पासाङ्गल्हामु यातायातका १९ बस, १७ चालक बेपत्ता

नमस्ते पासाङ्गल्हामु यातायातका १९ बस, १७ चालक बेपत्ता
त्रिशूली प्रवाह
१४ मिनेट अगाडी

विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको हिमबाढीपछि नमस्ते पासाङ्गल्हामु यातायात प्रालिका १९ साना–ठुला बस, १७ चालक र सहचालक बेपत्ता भएका छन् । विध्वंसकारी बाढीमा परी चालक र बस अझै हराइरहेको प्रालिका अध्यक्ष कुलबहादुर खड्गीले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

महाप्रलयकारी बाढीमा हराइरहेका पासाङ्गल्हामु यातायातका बस र इभी माइक्रोबसमा बा.५ ख.८२०१, बा.३ ख.९३०६, बा.प्र.०१–००६ ख.९५८९, बा.प्र.०१–००६ ख.८५६५, बा.प्र.०१–००७ ख.०१९०, बा.५.ख.९०५५, बा.प्र.०१–००६ ख.५२११, बा.प्र.०१–००५ ख.९३५४, बा.५ ख.८७८९, बा.प्र.०१–००५ ख.९५७४, बा.प्र.०१–००६ ख.६२१२, बा.प्र.०१–००६ ख.५२०८, बा.प्र.०१–००५ ख.९४६५, बा.प्र.०१–००५ ख.९५६६, बा.३ ख.९२१७, ना.६ ख.१५२२, बा.४ ख.८८२, बा.४ ख.२३० र बा.३ ख.१९१२ छन् । त्यसैगरी बाढीमा परी चालक राजकुमार विक, विकास तामाङ, योगेन्द्रबहादुर थापा, वीरबल तामाङ, दीपकबहादुर लामा, ध्रुव भट्ट, माइकल तामाङ, रामकुमारी श्रीमाली, रमेश गजुरेल, प्रकाश कायस्थ र सहचालक रमित ओझा, जगत तामाङ, अमित नेपाली, सुरज लामा, सूर्य बयलकोटी, पूर्ण नगरकोटी, र श्रीकृष्ण नेपाली हराइरहनुभएको छ । सवारी साधनसँगै हराइरहेका यात्रुको यकिन विवरण नआएको प्रालिका उपाध्यक्ष धनबहादुर श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह