+
Search

ताजा अपडेट +

पपुलर +

बट्टार सहकारी ३०औँ वर्षमा प्रवेश

बट्टार सहकारी ३०औँ वर्षमा प्रवेश
त्रिशूली प्रवाह
३५ मिनेट अगाडी

विदुर । नुवाकोट जिल्लाको अग्रणी वित्तीय संस्था बट्टार सहकारी संस्था लिमिटेड, विदुर–४, बट्टार मंगलबारदेखि ३०औँ वर्षमा प्रवेश गरे पनि विषम परिस्थितिलाई मध्यनजर गर्दै वार्षिकोत्सव औपचारिक उत्सव वा समारोहविना सामान्य पूजापाठ गरी मनाइएको छ । तीन दशक पूरा गरेको सहकारीले गत भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विध्वंसकारी हिमबाढी तथा विभिन्न प्राकृतिक प्रकोपका कारण सिर्जना भएकाले सदस्यको भौतिक सुरक्षा, हित र समुदायप्रतिको उत्तरदायित्वलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै विपत्को यस कठिन घडीमा तिनका सुखदुःखमा साथ दिनु मुख्य धर्म रहेको महसुस गरेको संस्थाका अध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो ।

Utsuk Books & Stationery

भविष्यका योजनाप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थाले आगामी दिनमा आफ्नो सेवालाई अझ बढी सुरक्षित, समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै सदस्यलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कठिन परिस्थितिमा पनि सदस्यको आर्थिक समृद्धिको भरपर्दो सारथी बन्दै सहकारिताको मर्मलाई अझ आत्मसात् गर्ने संस्थाले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह