+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावितलाई रेडक्रसको सहयोग

बाढी प्रभावितलाई रेडक्रसको सहयोग
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

पिपलटार । गत भदौ १० गतेको भोटेकाशी बाढीका कारण प्रभावित विदुर-५ का नागरिकलाई नुवाकोट रेडक्रस सोसाइटीमार्फत नगद सहयोग उपलब्ध गराइएको छ । रेडक्रसको बहुउद्देश्यीय नगद सहायता कार्यक्रमअन्तर्गत दुई सय ५७ जना प्रभावितलाई नगद सहायता उपलब्ध गराइएको हो । यसअन्तर्गत मृतकका परिवार, बेपत्ता भएका परिवार, घर पूर्ण र घरमा बस्ने अवस्था नरहेका परिवारलाई रु.१५ हजारका दरले नगद सहायता उपलब्ध गराइएको नुवाकोट रेडक्रसले जानकारी दिएको छ ।

Utsuk Books & Stationery

आइतबार विदुर-५ को कार्यालयमा भएको कार्यक्रमका नगरप्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर-५ का अध्यक्ष लीलानाथ न्यौपानेले नगद रकम वितरण गर्नुभएको थियो । सहयोगी संस्था इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आइसिआरसी) का क्षेत्रीय प्रतिनिधि अलेकजेन्डर म्याथ्यु र नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठको उपस्थितिमा एक सय ६ जना प्रभावितलाई नगद सहायता वितरण गरिएको थियो । रेडक्रसका अनुसार कुल प्रभावित दुई सय ८७ मध्ये एक सय ५१ जनालाई बैंक खातामार्फत नगद उपलब्ध गराइएको छ भने बाँकी ३० जनालाई वडा कार्यालयमार्फत नै रकम उपलब्ध गराइनेछ । रेडक्रसले विदुर नगरपालिकाका बाढी प्रभावित १७ सय १० जनालाई नै नगद सहायता उपलब्ध गराउने तयारी गरिरहेको जिल्ला सभापति श्रेष्ठले बताउनुभयो । विपत्का समयमा बहुउद्देश्यीय नगद सहायताा कर्यक्रममार्फत उपलब्ध गराइने रकम प्रभावितले सम्मानजनक रूपमा आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि प्रयोग गर्न सक्ने र त्यसले उहाँहरूको दैनिक जीवनयापन केही हदसम्म भए पनि सहज हुने रेडक्रसको नगद तथा भोचर सहायतासम्बन्धी कार्यक्रमका संयोजक भोजराज घिमिरेको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह