+
Search

ताजा अपडेट +

पपुलर +

आठ व्यवसायीलाई आर्थिक सहयोग प्रदान

आठ व्यवसायीलाई आर्थिक सहयोग प्रदान
त्रिशूली प्रवाह
३६ मिनेट अगाडी

विदुर । गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीबाट व्यवसाय, घर गुमाएका नुवाकोट उद्योग वाणिज्य सङ्घका कार्यसमितिका पदाधिकारी र सदस्यलाई सङ्घले नगद सहयोग गरेको छ ।

Utsuk Books & Stationery

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्तिगत रूपमा उपलब्ध गराएको रु.आठ लाख सङ्घको कार्यसमितिको बैठकले निर्णय गरेर आठ व्यवसायीलाई जनही रु.एक–एक लाखको दरले प्रदान गरेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सङ्घका कार्यसमितिमा रहेकामध्ये बाढीबाट पूर्ण रूपमा व्यवसायमा क्षति भएका सङ्घका उपाध्यक्ष सविन राजभण्डारी, महासचिव उपेन्द्र बुढाथोकी, कार्यसमिति सदस्य नानु गुरुङ, सुजना खतिवडा, सञ्जीव थपलिया, सुजित श्रेष्ठ, सविन श्रेष्ठ र रामशरण वस्तीलाई नगद सहयोग हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह