+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन त्रिशूली माविको अस्थायी सिकाइ केन्द्रमार्फत कोलोनीमा पठनपाठन सुरू

त्रिभुवन त्रिशूली माविको अस्थायी सिकाइ केन्द्रमार्फत कोलोनीमा पठनपाठन सुरू
त्रिशूली प्रवाह
५६ मिनेट अगाडी

त्रिशूलीबजार । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाकै पहिलो विद्यालयको सम्पूर्ण भौतिक संरचना बगेपछि बन्द भएको पठनपाठन सोमबारदेखि सञ्चालन भएको छ । विदुर नगरपालिकासहित सङ्घ/संस्था, दातृ निकायको सहयोगमा अस्थायी सिकाइ केन्द्रमार्फत विद्यालयको पठनपाठनलाई औपचारिक रूपमा पुनः सञ्चालन गरिएको प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

शैक्षिक पुनरूत्थानको प्रथम दिन सोमबार नै आठ सय ७२ जना विद्यार्थीले प्रदर्शन गरेको उत्साहपूर्ण उपस्थिति हाम्रो सङ्कटपूर्ण अवस्थामाथिको सबैभन्दा सशक्त मनोवैज्ञानिक विजय भएको प्रधानाध्यापक दवाडीले बताउनुभएको छ । यसले नवप्रवर्तन र संस्थागत पुनर्निर्माणका लागि असीमित ऊर्जा प्रदान गरेको छ । कक्षा १ देखि १० सम्म अस्थायी सिकाइ केन्द्रमा चार सय ८२ जना, कक्षा ११ र १२ डिहीबजारपरिसरमा दुई सय ५० जना र कक्षा ११, १२ भीमसेन माविपरिसर, बट्टारमा एक सय ४० जना विद्यार्थी पठनपाठनमा सहभागी भएका छन् । छोटो अवधिमै शून्यताको बगरबाट विद्यालयलाई पठनपाठनको यस स्वरूपमा रूपान्तरण गर्न अहोरात्र समर्पित सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, परोपकारी व्यक्तित्व तथा दातृ निकायप्रति विद्यालयले उच्च सम्मान एवम् कृतज्ञता प्रकट गरेको छ ।

विशेषतः विपत्को यस जटिल परिस्थितिमा अभिभावकीय दायित्व बहन गर्दै अस्थायी संरचना निर्माणमा नेतृत्वदायी समन्वय र संस्थागत सुदृढीकरणमा अमूल्य योगदान पु¥याउने विदुर नगरपालिकाप्रति विद्यालयले आभार व्यक्त गरेको छ । विद्यालयको संस्थागत पुनरुत्थान र शैक्षिक पुनर्निर्माणको यात्रा प्रारम्भ भएको छ ।

हजारौँ विद्यार्थीको सुनौलो भविष्यलाई प्रत्याभूत गर्न र यस विद्यालयलाई विपत् उत्थानशील तथा अत्याधुनिक प्राज्ञिक केन्द्रका रूपमा पुनस्र्थापित गर्ने यस ऐतिहासिक महाअभियानमा सम्पूर्ण सरोकारवालाबाट निरन्तर सहकार्य, सद्भाव र ऐक्यबद्धता प्राप्त हुने विश्वास विद्यालयले गरेको छ । विसं २००७ मा स्थापना भएको पश्चिम १ नम्बरकै पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविको भौतिक संरचना भत्किए पनि प्राज्ञिक चेतना र शिक्षाको जग अक्षुण्ण छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह