+
Search

ताजा अपडेट +

पपुलर +

गल्छी–स्याफ्रुबेँसी सडक दसैँअगाडि सञ्चालनमा आउने

गल्छी–स्याफ्रुबेँसी सडक दसैँअगाडि सञ्चालनमा आउने
त्रिशूली प्रवाह
५२ मिनेट अगाडी

विदुर । सरकारले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्रै यातायात सञ्चालन गर्ने गरी मर्मतलाई तीव्रता दिइरहेको छ । गल्छी–स्याफ्रुबेँसी सडकखण्ड राजधानी काठमाडौँलाई चीनसँग जोड्ने छोटो र रणनीतिक रूपमा महत्त्वपूर्ण मार्ग भएकाले यसको मर्मतलाई प्राथमिकतामा राखिएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

यथाशक्य छिटो यातायात सञ्चालनका लागि गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यसबिच (देवीघाट)मा ‘एक्रो ब्रिज’समेत जडान सम्पन्न भइसकेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो । सोही सडकखण्डको ढुङ्गे–वेत्रावतीमा क्षतिग्रस्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । साथै रसुवाको वेत्रावतीमा आवश्यक बेलिब्रिज जडान गर्न जग निर्माण सुरु भइसकेको जनाइएको छ । योजनाका प्रमुख ओझाले भन्नुभयो, ‘वेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा समस्या छैन, स्याफ्रुबेँसीमा एउटा बेलिब्रिज जडान गर्नुपर्ने देखिएको छ, त्यसका लागि तयारी भइरहेको छ ।’ स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त रहेको र त्यहाँ नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु भइसकेको उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह