+
Search

ताजा अपडेट +

पपुलर +

समाजसेवी अधिकारी र सुपुत्रीबाट सहयोग वितरण

समाजसेवी अधिकारी र सुपुत्रीबाट सहयोग वितरण
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

बट्टार । समाजसेवी बाबुराम अधिकारीले भोटकोशी–त्रिशूली नदीमा आएको हिमबाढीपछि विदुर-५ का विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका नुवाकोट र रसुवा जिल्लाका पीडितहरूलाई विभिन्न घरायसी सामग्री राहतस्वरूप वितरण गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित ज्याक्सन बेल्टमा बस्ने उहाँकी कान्छी छोरी बैंंकर राधा विडर बाढीपछि नेपाल आउनुभएको र उहाँहरूले यही असोज १२, १३ र १४ गते विदुर-५ स्थित खम्पा क्याम्प, पिपलटार एवम् देवीघाट, पिपलटार, बाँडाको चौतारो, इनारपाटी, खम्पा क्याम्प होल्डिङ सेन्टरमा रहनुभएका नुवाकोट र रसुवाका पीडितलाई भान्साका लागि आवश्यक दुई सय ३५ ग्यास सिलिन्डर र ग्यास चुलो, खाट, ओढ्ने-ओछ्याउने, टेबल, कुर्सी वितरण गर्नुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विदुर-५ का वडाध्यक्ष लीलानाथ न्यौपाने र वडासदस्य विनोद चित्रकारको उपस्थितिमा सो राहत सामग्री वितरण गरिएको हो । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका आजीवन सदस्य अधिकारीले प्रतिष्ठानबाट आई विदुर-५ कृष्ण मन्दिर, इनारपाटीमा आश्रय लिएका ज्येष्ठ नागरिक र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटारमा रहेका बिरामीलाई पनि भेटघाट गर्नुभयो । उहाँका ज्येष्ठ सुपुत्र अमेरिका, जर्जिया, एटलान्टा निवासी बिमा व्यवसायी तथा प्रतिष्ठानका आजीवन सदस्य रेशमराज अधिकारी पनि प्रतिष्ठान र ज्येष्ठ नागरिकको स्थिति अर्काे हप्ता यहाँ अवलोकन गर्न आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह