धादिङ

  • सिमेन्ट उद्योग वातावरणमैत्री नबने बन्द : पाण्डे

    २० बैशाख २०८१, बिहीबार १२:२७

    राजेन्द्र बस्नेत जुगेडी (धादिङ), मानवबस्ती र तरकारी पकेट क्षेत्रमा सिमेन्ट उद्योग खोल्ने विषयमा आफूलाई कुनै जानकारी नदिएको धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् । सिमेन्ट उद्योग खोल्न पाइन्छ, तर उक्त उद्योग वातावरणमैत्री नबनाए बन्द हुने चेतावनी उनले दिएका छन् । धुनीबेँसी नगरपालिका–९ जुगेडीस्थित युनाइटेड सिमेन्ट उद्योग प्रभावितको […]

  • धादिङ आयुर्वेद औषधालय वैकल्पिक चिकित्सालयमा विस्तार

    २० बैशाख २०८१, बिहीबार ११:५०

    धादिङबेँसी, जिल्ला आयुर्वेद औषधालय धादिङलाई १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ । बागमती प्रदेश सरकारमातहतमा रहेको आयुर्वेद औषधालय नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको छ । उक्त औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकत्सालयको रूपमा विस्तार गर्न लागिएको छ । स्तरोन्नति भएसँगै चिकित्सालयले १६ बेडको अस्पताल सञ्चालन गर्न लागेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा.अमूल्य दाहालले बताए । ‘चिकित्सालयले […]

  • धादिङमा क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर स्थापना गर्न समिति गठन

    १३ बैशाख २०८१, बिहीबार १३:३८

    राजेन्द्र बस्नेत काठमाडौं, दिनानुदिन क्यान्सर रोगीको सङ्ख्या नेपालमा वृद्धि हुँदै गइरहेको छ । क्यान्सर रोगलाई सामान्यतया जित्ने रोगीको सङ्ख्या नेपालमा निकै कम रहेको छ । क्यान्सर रोगको उपचार गर्ने क्रममा धेरै परिवारको धन र जन एकैसाथ सकिने गरेका थुप्रै घटना छन् । यस किसिमको रोगको उपचार र अनुसन्धानका लागि धादिङ जिल्लाको थाक्रेमा ‘हाइवे क्यान्सर प्रिभेन्सन […]

  • विद्युतीय गाडी बनाउने विद्यार्थी गाउँपालिका अध्यक्षबाट सम्मानित

    १३ बैशाख २०८१, बिहीबार १३:१८

    धादिङबेँसी, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ मा रहेको रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विज्ञान शिक्षकको सहयोगमा चारपाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेका छन् । उक्त विद्युतीय गाडीको प्रदर्शन तथा परीक्षण सम्पन्न भएको छ । प्रदर्शनी कार्यक्रममा सहभागी भएका गाउँपालिका अध्यक्ष राजु उप्रेतीले विद्युतीय गाडी निर्माणमा भएको सबै खर्च पालिकाले व्यहोर्ने बताउँदै दुई विद्यार्थीलाई व्यक्तिगत रूपमा चार–चार हजार नगदसहित […]

  • नेपालमै पहिलोपटक मानवनिर्मित हिउँको पिरामिड

    २४ फाल्गुन २०८०, बिहीबार १२:०८

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङनजिकैको गोठेन खर्कमा नेपालमै पहिलोपटक स्थानीय संस्था ल्याकोस रसुवासँग सहकार्य गरेर रिसोर्स हिमालयले परीक्षणस्वरूप मानवनिर्मित हिउँको पिरामिड निर्माण गरेको छ । गत्लाङ गाउँबाट मोटरबाटोबाट करिब १३ किलोमिटरको दूरी तय गरेपछि मानवनिर्मित हिउँको पिरामिड पुगिन्छ । उक्त पिरामिड काठमाडौंबाट गत्लाङसम्म एक सय ५७ किलोमिटर दूरीमा रहेको छ । जलवायु परिवर्तनका […]

  • माग पूरा नगरे आन्दोलन गर्ने दुग्ध उत्पादक किसानको चेतावनी

    १७ फाल्गुन २०८०, बिहीबार १२:०३

    राजेन्द्र बस्नेत धादिङ, दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री–वितरणमा व्यहोर्नुपरेका समस्या समाधान गर्न धादिङका किसानले नेपाल सरकारको पटक–पटक ध्यार्नाकण गराउँदै आएका छन् । अब पनि माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र बागमती प्रदेश सरकारका मुख्यमन्त्रीलाई धादिङका दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा संलग्न किसानले ज्ञापनपत्र सोमबार बुझाएका छन् […]

  • त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव हुँदै

    ४ माघ २०८०, बिहीबार १२:१६

    धादिङबेँसी, धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा धादिङको गजुरी गाउँपालिका–५ गलौदीको त्रिशूली नदी किनारमा नवौँ धादिङ महोत्सव माघ १० देखि सञ्चालन हुने भएको छ । सङ्घ महोत्सवको तयारीमा जुटेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ १० गतेदेखि २१ गतेसम्म नवौँ धादिङ महोत्सव हुँदै छ […]

  • भैरवी सहकारीको चारवर्षे रणनीति योजना तर्जुमा

    १९ पुष २०८०, बिहीबार १२:१३

    धादिङबेँसी, धादिङमा क्रियाशील उत्कृष्ट सहकारीमध्येमा पर्ने भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीको चारवर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कोभिडपछि विश्व अर्थतन्त्रमा परेको प्रभावको कारण पछिल्लो समयमा केही सहकारीमा देखिएको समस्याले भैरवी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक गम्भीर भएर छलफल गरेका छन् । कोभिडपछिको सुस्ताएको आर्थिक गतिविधिलाई सहकारीका […]

  • वन कार्यालयको परिसरमा सालकको सालिक

    १२ पुष २०८०, बिहीबार १३:०८

    राजेन्द्र बस्नेत धादिङबेँसी, दुर्लभ वन्यजन्तको सूचीमा राखिएको सालकको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । सालक संरक्षणका लागि सर्वसाधारणमा जनचेतना नहुने र सालकको खपेटाको अवैध बिक्रीका लागि चोरी–सिकारी धादिङमा बढ्दै गएको छ । सालकको महत्व बुझाउन डिभिजन वन कार्यालय धादिङले कार्यालयपरिसरमा सालकको सालिक निर्माण गरेर चेतनामूलक जानकारी गराउन थालेको छ । विश्वकै दुर्लभ वन्यजन्तु सालकको महत्व […]

  • अपराध न्यूनीकरण गर्न शिक्षक-प्रहरी प्रतिनिधि

    २१ मंसिर २०८०, बिहीबार १२:०९

    राजेन्द्र बस्नेत धादिङबेँसी, स्कुलमा पढ्दै गरेका बालबालिका वर्तमान र भविष्यमा समेत आपराधिक गतिविधिमा नलागून् भन्ने उद्देश्यले अपराध न्यूनीकरणका कक्षा सञ्चालन गर्न शिक्षकलाई प्रहरीका प्रतिनिधिको रूपमा नियुक्ति गर्न धादिङमा सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिकाभित्रका सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रहरी–शिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी गराएको छ । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय […]