धादिङ

  • वन कार्यालयको परिसरमा सालकको सालिक

    १२ पुष २०८०, बिहीबार १३:०८

    राजेन्द्र बस्नेत धादिङबेँसी, दुर्लभ वन्यजन्तको सूचीमा राखिएको सालकको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । सालक संरक्षणका लागि सर्वसाधारणमा जनचेतना नहुने र सालकको खपेटाको अवैध बिक्रीका लागि चोरी–सिकारी धादिङमा बढ्दै गएको छ । सालकको महत्व बुझाउन डिभिजन वन कार्यालय धादिङले कार्यालयपरिसरमा सालकको सालिक निर्माण गरेर चेतनामूलक जानकारी गराउन थालेको छ । विश्वकै दुर्लभ वन्यजन्तु सालकको महत्व […]

  • अपराध न्यूनीकरण गर्न शिक्षक-प्रहरी प्रतिनिधि

    २१ मंसिर २०८०, बिहीबार १२:०९

    राजेन्द्र बस्नेत धादिङबेँसी, स्कुलमा पढ्दै गरेका बालबालिका वर्तमान र भविष्यमा समेत आपराधिक गतिविधिमा नलागून् भन्ने उद्देश्यले अपराध न्यूनीकरणका कक्षा सञ्चालन गर्न शिक्षकलाई प्रहरीका प्रतिनिधिको रूपमा नियुक्ति गर्न धादिङमा सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिकाभित्रका सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रहरी–शिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी गराएको छ । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय […]

  • राष्ट्रिय कर दिवसमा नुवाकोट र धादिङका आठ करदाता सम्मानित

    १४ मंसिर २०८०, बिहीबार १२:१९

    गल्छी, १२औँ राष्ट्रिय कर दिवस २०८० को अवसरमा करदाता सेवा कार्यालय गल्छीले नुवाकोट र धादिङ जिल्लाका आठ करदातालाई सम्मान गरेको छ । गत बिहीबार मङ्सिर ७ गते नुवाकोट र धादिङ जिल्ला कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालय गल्छीले कर सप्ताह समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो […]

  • तेह्र सय वर्ष पुरानो गंगाजमुना जात्रा

    १४ मंसिर २०८०, बिहीबार १२:१७

    फूलखर्क (धादिङबेँसी), धादिङको गंगाजमुना झरना धार्मिक तथा पर्यटकीय रूपले पछिल्लो समय चर्चामा आएको स्थल हो । यहाँको झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशी (ठूलो […]

  • मौरी पालेरै वार्षिक १८ लाख कमाइ

    २३ कार्तिक २०८०, बिहीबार ११:४६

    धादिङ, अधिकांश पढेलेखेका नेपाली युवा काम छैन भनेर फेसबुक र टिकटकमा समय खेर फालिरहेका छन् भने केही युवा बिहान उठेदेखि अँध्यारो नहुन्जेलसम्म राजनीतिक दलका नेता र राजनीतिक व्यवस्थाबारे नकारात्मक धारणा बनाउनै तल्लीन देखिन्छ । तर, युवाहरूको भिडमा फरक सोच र विचार बोकेर धादिङ जिल्ला धुनीबेँसीका रामराजा पाण्डे उद्यममा संलग्न छन् । पछिल्लो समय युवाले नेपालमा […]

  • सौन्दर्यकलामा बढ्दो आकर्षण

    २३ कार्तिक २०८०, बिहीबार ११:४३

    राजेन्द्र बस्नेत गजुरी (धादिङ), भनिन्छ नि ‘स्वास्थ्य राम्रो चेकअपले, महिला राम्रो मेकअपले’ । पहिले सामान्य कोरीबाटी गरेर गाजलमा सजिने महिला पनि अहिले अलि फरक किसिमले सिँगारिन्छन् । यसरी सिँगारिनुलाई समयको गतिसँगै आएको परिवर्तन भन्छन् । अझ सामाजिक सञ्जाल टिकटकले मानिसलाई कलात्मक रूपमा प्रस्तुत हुन उत्प्रेरित गरिरहेको छ । टिकटकमा विभिन्न किसिमले सिँगारिएका महिलाले फरक–फरक गीतमा […]

  • मेसिनको प्रयोग रोकिँदा चेपाङ समुदायलाई रोजगारी

    १६ कार्तिक २०८०, बिहीबार १२:००

    राजेन्द्र बस्नेत दरियाल खोला (धादिङ), १० वर्ष अघिसम्म असार, साउन र भदौ महिना बेल्खुस्थित त्रिशूली नदी दोभान बेल्खुखोलामा बालुवा निकाल्ने काम गर्दै आएका थिए श्यामैडाँडाका चेपाङ । पछिल्लो १० वर्षयता घरमुनिबाट सुस्त गतिमा बग्ने दरियाल खोलाले श्यामैडाँडाका चेपाङ समुदायलाई रोजगारी दिएको छ । करिब एक सय ५० परिवार चेपाङ समुदायको बसोवास रहेको गजुरी गाउँपालिका–६ श्यामैडाँडाका […]

  • गणेश हिमालको जस्ता खानी अलपत्र

    १६ कार्तिक २०८०, बिहीबार ११:४७

    राजेन्द्र बस्नेत धादिङबेँसी, धादिङ र रसुवाको सिमानामा पर्ने गणेश हिमालको फेदमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल मेटल कम्पनी १५ वर्षदेखि बन्द छ । कम्पनी पुनः सञ्चालनमा ल्याउन सरकारले चासोसमेत नदिएपछि विगत १५ वर्षदेखि बन्द रहेको जस्ता खानी अलपत्र परेको हो । खानीस्थल धादिङको रुबीभ्याली गाउँपालिका र रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको सीमा क्षेत्रमा रहेको छ । […]

  • घाँसको बिरुवा र बिउ बेचेरै वार्षिक २० लाख आम्दानी

    २ कार्तिक २०८०, बिहीबार १२:३०

    राजेन्द्र बस्नेत धादिङ, सफल हुन मानिसले प्रायः पुरानै कामलाई नयाँ तरिकाले गर्ने गर्दछन् । त्यसको नमुना हुन् धादिङ जिल्ला गल्छी गाउँपालिका–७ भल्टारका रामनाथ अधिकारीको परिवार । रामनाथ अधिकारीले ०४२ सालबाट सुरु गरेको घाँसको बिरुवा तथा बिउ बिक्री व्यवसायमा अहिले छोरा र नातिसमेत लागेका छन् । रामनाथले गरेकोे आम्दानीबाट सन्तुष्टि प्राप्त गरेका गंगादत्त अधिकारीले आर्थिक वर्ष […]

  • दोेहोरो करको मारमा व्यवसायी

    ११ आश्विन २०८०, बिहीबार ११:५७

    राजेन्द्र बस्नेत गल्छी (धादिङबेँसी), नेपाली युवा ६० लाख विदेशमा छन् । बुबा, आमा मर्दा दाहसंस्कार गर्नुपर्नेमा लास नकुहियोस् भनेर आइसबक्समा राख्नुपर्ने अवस्था आएको छ । यो नेपालको वर्तमान अवस्था हो । नेपालको आर्थिक, सामाजिक अवस्था झन्भन्दा झन् बिग्रँदै गएको छ । यो अवस्था सुधार गर्नुपर्ने आजको चुनौती हो । धादिङ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक […]