तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ६ मंसिर २०७६, शुक्रबार १४:४६
Buddha Eyes

पारदर्शिता र जवाफदेहिता सांसद विकास योजनामा पनि नदेखेपछि यो देशमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ पार्दै माननीय कमरेडहरू ! काङ्ग्रेसलाई सत्तोसराप गरेका नुवाकोट जनता कमरेड माननीयज्यूहरूले उही पारा उही पथ अङ्गालेपछि आन्तरिक कलहले उठ्न नसक्ने गरी लडेको काङ्ग्रेसजनमा कुतकुती त लाग्ने नै भयो ! कात्तिक अन्तिम दिएको डेढलाइनभित्र रातारात बजेट बाँडफाँड गरेपछि म्यागङका काङ्ग्रेसका आशा, अरूका निराशा बहादुर स्थानीय सरकार प्रमुखले आफूले भनेको ठाउँमा बजेट नछुट्याए गर्न नदिने भनेर खतिवडा मान्यज्यूलाई धर्मेहात नै पसारेछन् । पावर एक्सरसाइज गरिरहेका तिनै तहका सरकार एकले अर्कोलाई नटेर्ने परिस्थितिले सङ्घीयता टिक्ला त समन्वय प्रमुख सन्तमानज्यू ? समन्वयकारी भूमिका गराउन समयमै चेतना भया !