+
Search

ताजा अपडेट +

पपुलर +

आइजिपी पहिलोपटक गृहजिल्लामा

आइजिपी पहिलोपटक गृहजिल्लामा
त्रिशूली प्रवाह
१५ मिनेट अगाडी

विदुर । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) भएपछि डा.मनोजकुमार केसी (सापकोटा) गत महिना गृहजिल्ला आउनुभएको छ । उहाँ गत बुधबार तिहारको टीका लगाउन आफ्नो घर विदुर-७, तुप्चे आउनुभएको हो । आइजिपी भएपछि डा.केसी टोखा-छहरे हुँदै पहिलोपटक विदुर आउनुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

 

Suzuki New Bike & Scooter

डा.केसी विदुर-७, देवीघाटस्थित जालपादेवी मन्दिरको दर्शनका साथ देवीघाटमा रहेको प्रहरीचौकी निरीक्षण गरी बान्द्रे–त्रिशूली बजारको भदौ १० गते बाढीपछि निर्माण भएको झोलुङ्गे पुल तरेर तुप्चेमा टीका लगाउन जानुभएको थियो । नेपाल प्रहरीको ३४औँ आइजिपी बन्नुभएका डा. केसी नुवाकोटबाट आइजिपी बन्ने दोस्रो व्यक्ति हुनुहुन्छ । डा. केसीको विदुर-७, तुप्चेमा रहेको पाँच रोपनी खेत र दुईतले पक्की घर गत भदौ १० गतेको भोटेकोसी–त्रिशूली बाढीले पूर्ण रूपमा क्षति पुगेको छ । उक्त घरमा उहाँका बुबा, बिरामी आमा, भाइको परिवार बस्ने गरेको विदुर-७ का वडाध्यक्ष एवम् विदुर नगरपालिकाका प्रवक्ता रवीन्द्र नेपालले जानकारी दिनुभयो । विगत दुई वर्षदेखि ब्रेन स्ट्रोक र मुटु उपचार गराई डाक्टरको परामर्शपछि तुप्चेको घरमै बसेर आमाको उपचार भइरहेको छ । डा.केसीले महिना-महिनामा आमालाई उपचारका लागि फलोअप गराउन काठमाडौँ लैजाने गरिरहनुभएको छ ।

तुप्चे समाजद्वारा आइजिपीलाई शुभकामना
तुप्चे-एकता समाज बालाजु-१६, काठमाडौँले नवनियुक्त प्रहरी महानिरीक्षक डा. केसीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । गत कात्तिक २७ गते प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँमा समाजका पदाधिकारीको उपस्थितिमा सम्मान कार्यक्रम भएको थियो । नुवाकोट विदुर-९, कोलनीमा जन्म भई विदुर-७, तुप्चेमा स्थायी बसोबास गर्दै आउनुभएका डा. केसीलाई तुप्चे र नुवाकोटकै गौरवका रूपमा दोस्रो प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकामा बधाई दिँदै उहाँको उत्कृष्ट कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो ।

समाजका अध्यक्ष सीताराम थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्मानपत्र हस्तान्तरण गर्दै मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने कार्यमा सफलता प्राप्तिको कामना ग¥यो । सो अवसरमा समाजका उपाध्यक्ष कृष्णबहादुर केसी सापकोटा, सचिव गोकर्णप्रसाद लामिछाने, सल्लाहकारलगायत सदस्यको उपस्थिति थियो । उहाँले बधाई-पत्र ग्रहण गर्दै पुराना अपराधसम्बन्धी फाइल अध्ययन गरी टुङ्गो लगाइने प्रतिबद्धता व्यक्त गर्नुभएको समाजका पूर्वअध्यक्ष उज्ज्वलजंग ठकुरीले बताउनुभयो ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह