विदुर । नेपालको पहिलो बैंक नेपाल बैङ्क लिमिटेड सोमबारबाट ९० वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा सोही दिन केन्द्रीय कार्यालय धर्मपथ, काठमाडौँमा भएको कार्यक्रममा बैङ्कको देशभरका दुई सय ३० शाखामध्ये नुवाकोटसहित उत्कृष्ट १२ शाखालाई सम्मान गरिएको थियो ।


विसं १९९४ कात्तिक ३० गते स्थापना भएको बैङ्कको शाखा नुवाकोटको विदुर-१, त्रिशूली बजारमा विसं २०२८ मा खुलेको थियो । बैङ्कको २९ लाख २४ हजार ग्राहकमध्ये नुवाकोट शाखामा ४७ हजार रहेको शाखा प्रबन्धक लक्ष्मी पण्डितले बताउनुभयो । नुवाकोट शाखाले गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछिको विषम परिस्थितिमा समेत उच्च कर्तव्यनिष्ठका साथ बैङ्किङ सेवालाई निरन्तरता दिई पुर्याएको योगदानको व्यवस्थापनले उच्च मूल्याङ्कन गरी वार्षिकोत्सवको अवसरमा शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसापत्र शाखा प्रमुख पण्डितले ग्रहण गर्नुभयो । सोही दिन बिहान नुवाकोट शाखाले पनि चियापान गरेर बैंकिङ गतिविधि सार्वजनिक गरेको थियो ।








प्रतिक्रिया