तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:०५
Buddha Eyes

प्रायः सबै संकट मै हुन्छन् । तह र ओहोदा अनुसार फरक–फरक हुँदो रहेछ संकट ! अहिले झण्डै दुई तिहाईको सरकार सञ्चालन गर्ने नेकपालाई अमेरिकी डलरको प्रोजेक्ट एमसिसी र आईपिएसको चेपुवामा ! विकास र सहयोग सम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र एमसीसी इन्ड्रो–प्यासिफिक रणनीति (आईपिएस)ले सिंगो नेकपा र ओली सरकारलाई घेराबन्दीमा पारेको छ । कांग्रेसको पालामा सम्झौता भएको नलिऊ ठुलो राशीको स्रोत । नखाउँ दिनभरिको सिकार, खाउँ कान्छो बाउँको अनुहार भएको छ नेकपालाई । नेकपा नुवाकोटलाई भने गौरवको सडक आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी भालुको कम्पट बनेको छ । आयोजनाले विदुर नगरपालिकाको सदरमुकाम क्षेत्रको ८ किमीभित्र सडक बिस्तार गर्दा मुआब्जा नदिने भएपछि आन्दोलन गरू आफ्नै पार्टीको सरकार नगरू कार्यकर्ता र मतदाता सुकुम्बासी । सडक विकासको खुड्किलो भन्छन् नुवाकोटमा सडक मतदाता र कार्यकर्ता बिच्काउने साधान बनेपछि विपक्षीलाई मौका र चौका छैन र जगदीश सर ? मुआब्जा दिलाउन आन्दोलनको आधी ल्याउने जय नेपाल वा उद्घोष ! आन्दोलन र मुद्दाको लागि उठाएको पैसा कत्तिको विश्वासिलो होला ? सडक यथास्थितिमा स्तरोन्नती भएमा आश्चर्य नभन्दा हुन्छ मेयर सा’व आखिर गौरवको सडक बनेपछि डिब्बा, कन्टेनर गणना र त्यसले छाड्ने धुँवा धुलो नै त होनी विदुर नगरबासीलाई !